शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेजमा एसीसीए प्रोग्राम सुरु

बुधबार, १५ पुस २०७७, १३ : ४२
बुधबार, १५ पुस २०७७

काठमाडौं । द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ । 

ब्रिटिस प्रोफेसनल कलेज एसीसीएबाट गोल्ड एएलपीबाट मान्यता प्राप्त रहँदै आएको छ । सन् २०१२ देखि एसीसीए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको छ । यो कलेजबाट एसीसीए वल्र्ड परीक्षा टपर र लगातार एसीसीए नेपाल टपरहरु हुन सफल भएका छन् । 

कलेजले कोरोना महामारीकाबीच दक्ष शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्म उपलब्ध गराई निरन्तर पठनपाठन गराउँदै आइरहेको छ । वैकल्पिक रुपमा कलेजले अनलाइन क्लास उपलब्ध गराउँदै आइरहेको छ । 

कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउन सफल रहेको छ । कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजालाई अनुगमन गर्न र सुधार गर्न विशेष काम राख्दै आइरहेको छ । कलेजका ट्युटरहरूले विद्यार्थीहरूलाई अध्ययनका लागि उनीहरूको सबै विकल्पहरूको बारेमा सचेत गराएका छन् । 

कलेजले सबै संकाय, स्टाफ, विद्यार्थी, अभिभावकलाई कलेजको वैकल्पिक प्रविधि प्रयोग गरेर अध्ययन र अन्य गतिविधिहरूमा उनीहरूको सहयोगका लागि आभार व्यक्त गरेको छ । विद्यार्थीको प्रगति र सुरक्षा सुनिश्चित गर्न कलेज प्रयासरत रहेको पनि कलेजको दावी छ । 

प्रोफेसर मेरी, पूर्व लर्निङ एसीसीए प्रमुख हालै द ब्रिटिस कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त भएकी छन् । उनी भन्छिन्, ‘एक सक्षम एसीसीए एकाउन्टेन्ट भएको हैसियतले मेरो पुरै करिअर क्वालिफाइड एकाउन्टेन्टका रुपमा धेरै फाइदा गरेको छ । वर्तमान अवस्था विश्वव्यापी रूपमा कठिन अवस्था रहेको छ । महामारी र जलवायु परिवर्तनको प्रभावले ठूलो असर पारेको छ । मलाई विश्वास छ कि एक व्यवसायिक योग्यता छ भने जसले लेखा र अडिटिङ मात्र गर्ने क्षमता राख्छ साथै एनालिटिक्स, डिजिटल मोडलिङ, फिन्टेक, रचनात्मक व्यवसाय मोडलिङ र नेतृत्वले विद्यार्थीहरूलाई परिवर्तनको संसारमा साँच्चै राम्रो करियरको लागि तयार गर्दछ ।’

विश्वभर यो कोर्सको डिमान्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छहरिएर रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप