ad
केन्द्रीय संस्करण
कोरोना महामारीको एक वर्ष

‘बहुरुपी’ कोरोना महाव्याधिको १ वर्ष : यी कुरा हामीलाई अझै थाहा छैन !

खोप नै रामवाण होइन, प्रतिरोधी क्षमता कति लामो समय टिक्ला : कहिले होला महामारीको अन्त्य ?

person explore access_timeपुस १६, २०७७ chat_bubble_outline0

 

 

डिसेम्बर ३१ । आजभन्दा ठीक १ वर्षअघि अर्थात् सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरसबारे पहिलो पटक रिपोर्ट गरेको थियो । त्यसबेला उक्त समस्यलाई ‘निमोनियाको रहस्यमय नयाँ किसिम’ भनिएको थियो, त्यसको कुनै आधिकारिक नाम तय भएको थिएन ।

त्यसको एक हप्ताभित्रै, चिनियाँ वैज्ञानिकहरुले उक्त रहस्ययमय भाइरसको जिनोम सिक्वेन्सको पहिचान गरेका थिए । अर्थात् उनीहरुले भाइरस बन्ने जेनेटिक कोडलाई पत्ता लगाएका थिए । तीनहप्ताभित्रै पहिलो टेस्ट किट बनेको थियो र विश्व स्वास्थ्य संगठनलाई त्यो उपलब्ध गराइएको थियो । र,  विश्व स्वास्थ्य संगठनलाई उक्त भाइरसको बारेमा जानकारी दिइएको फगत ११ महिनाभित्रै, मानिसमा पहिलो पटक उक्त भ्याक्सिनको प्रयोग गरिएको थियो, जुन भनेको अहिलेसम्मकै सबैभन्दा द्रुततर रुपमा विकसित गरिएको भ्याक्सिन थियो ।

कोरोनाभाइरसका बारेमा जानकारी प्राप्त गरेको यो तीब्र गति यसअघि कहिल्यै घटित नभएको कुरा हो र वैज्ञानिकहरुका अनुसार, यसबारेमा अहिले हामीसँग पर्याप्त मात्रामा जानकारीहरु छन् । 

अझै हामीले थाहा पाउनुपर्ने कुराहरु अथाहा छन्,’ रोचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजीमा बायोलोजीका एसोसिएट प्रोफेसर माउरिन फेरेन भन्छन्, ‘यो कुराले भाइरसविद र जनस्वास्थ्य अधिकारीहरुलाई दशकौंसम्म व्यस्त तुल्याइराख्नेछ ।’

कोभिड१९ का रिपोर्ट गरिएका केसहरु र मृत्यु

अहिले एक वर्ष चलिरहँदा विश्वव्यापी रुपमा ८ करोड १० लाखभन्दा बढी मानिसहरुमा यो भाइरसले संक्रमण गरिसकेको र १७ लाखभन्दा बढी मासिनहरुको मृत्यु भइसकेको छ ।  अझै पनि हामीले कोभिड–१९ का बारेमा  थुप्रै कुराहरु थाहा पाइसकेका छैनौं ।

हामीले थाहा पाइनसकेका त्यस्ता कुराहरु सामान्य खालका पनि छन् । जस्तै, यो भाइरस कसरी शुरु भयो ? त्यसैगरी थाहा पाइनसकेको जटील कुरा भनेको यो महामारी कसरी अन्त्य हुन्छ भन्ने पनि हो ।

‘कुनै पनि कुराको विस्तृत वास्तविकताको अर्थमा हामीले थुप्रै कुरा थाहा पाएका छौं तर अझै हामीले थाहा पाउनुपर्ने कुराहरु अथाहा छन्,’ रोचेस्टर इन्स्टिच्यूट अफ टेक्नोलोजीमा बायोलोजीका एसोसिएट प्रोफेसर माउरिन फेरेन भन्छन्, ‘यो कुराले भाइरसविद र जनस्वास्थ्य अधिकारीहरुलाई दशकौंसम्म व्यस्त तुल्याइराख्नेछ ।’

कोरोनाभाइरस कहाँबाट उत्पत्ति भयो ?

थुप्रै षड्यन्त्रका सिद्धान्तहरुका बीच केही कुराहरुमा वैज्ञानिकहरुका बीचमा मत मिल्छ । त्यो भनेको कोभिड– १९ कोरोनाभाइरसको कारण हुने गर्छ । यो त्यो किसिमको भाइरस हो जो सामान्य रुघाखोकीदेखि सार्सजस्तो खतरनाक रोगका लागि समेत जिम्मेवार छ । यो जनावरबाट उत्पत्ति भएको रोग हो ।

भाइरसका विरुद्ध भ्याक्सिन बनाउने दौडमा विश्वका थुप्रै सरकारहरु लागिपर्दा आम जनताको नजरमा देखापरेको थुप्रै आधारभूत प्रश्नहरुमध्येका एउट प्रश्न : भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने पनि हो ।

अहिलेसम्म भाइरसको उत्पत्तिबारेको प्रश्न भ्रम र षड्यन्त्रका सिद्धान्तहरुका माझ रुमल्लिरहेको छ । शुरुवाती चरणमा भाइरस चीनको ऊहानको जिउँदो जनावरहरु समेत बेचिने माछामासुबजारबाट देखापरेको भन्ने कुरा आएको थियो, तर विश्व प्रसिद्ध मेडिकल जर्नल लान्सेटमा जनवरीमा प्रकाशित एक रिपोर्टका अनुसार त्यसबेला फेला परेका एक तिहाई विरामीहरुको प्रत्यक्ष सम्बन्ध उक्त बजारसँग थिएन ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित केही मानिसहरुले कतै उक्त भाइरस ऊहान ल्याबमा बनाइएको र अध्ययनको क्रममा त्यो बाहिर आएको त हैन भनेर प्रश्न उठाएका थिए । तर वैज्ञानिकहरुले उक्त भाइरस प्राकृतिक रुपमा नै उत्पत्ति भएको भन्ने बारेमा पर्याप्त प्रमाणहरु रहेको बताएका थिए । उनीहरुले यो त्यसरी ल्याबबाट उत्पत्ति भएको हो भन्नाको लागि अहिलेसम्म थाहा पाइएका र त्योसँग समानताराख्ने नजिकको कोरानाभाइरसहर पनि कोभिड– १९ भन्दा जेनेटिक रुपमा फरक रहेको हुनुपर्ने उल्लेख गरेका थिए ।

अध्ययनहरुले के पनि देखाएको थियो भने  चीनमा पहिलो पटक देखापर्नुभन्दा अगावै यो भाइरस डिसेम्बर २०१९ मै अमेरिका र युरोपमा देखापरिसकेको र संक्रमण फैलाइरहेको हुन सक्ने पनि देखाएको थियो । यस आधारमा चीनका राज्य सञ्चालित मिडियाहरुले त यो भाइरस चीनभन्दा बाहिरै उत्पत्ति भएको हुन सक्ने कुरालाई जोड दिएर प्रचारप्रसार गरेका थिए ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका माइक्रोबायोलोजीका प्रोफेसर पिटर कोलिगननले अमेरिका र युरोपका केही हिस्साहरु कोरोनाभाइरस संक्रमणको पहिचान हुनुअगावै ती क्षेत्रहरुमा भित्रभित्रै कोरोनाभाइरसको प्रवाह भइरहेको हुन सक्ने बताए तर त्यो चीनबाहिर नै उत्पत्ति भएको हो भन्ने कुरा देखाउन कुनै ठोस आधार चाहिँ थिएन । कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गरिरहेका विश्व स्वास्थ्य संगठनले पनि चीनमा डिसेम्बरमा कोरोनाभाइरसको पहिचान हुनुभन्दा अगावै त्यहाँ उक्त भाइरस फैलिइरहेको हुन सक्ने कुरालाई अघि सार्यो ।

अझै पनि हामीलाई यो भाइरस सबैभन्दा पहिले कहाँ मानिसमा सर्यो भन्नेबारे ठोस रुपमा थाहा छैन । फेरि यो चमेराबाट मानिसमा सोझै सरेको नभई पेन्गोलिन वा सिभेट विरालो हुँदै मानिसमा पो सरेको हो कि भन्नेबारे पनि हामीलाई खासै थाहा छैन । यी प्रश्नहरुले सम्भव कहिल्यै पनि उत्तर पाउने छैन ।

तर यस्ता थुप्रै षड्यन्त्रका सिद्धान्तहरुका बीच केही कुराहरुमा वैज्ञानिकहरुका बीचमा मत मिल्छ । त्यो भनेको कोभिड– १९ कोरोनाभाइरसको कारण हुने गर्छ । यो त्यो किसिमको भाइरस हो जो सामान्य रुघाखोकीदेखि सार्सजस्तो खतरनाक रोगका लागि समेत जिम्मेवार छ । यो जनावरबाट उत्पत्ति भएको रोग हो । केही अध्ययनहरुले देखाएअनुसार, यो भाइरसको मुख्य स्रोत थरिथरिका कोरोनाभाइरसका वाहक चमेरा हो । अझै पनि थुप्रै वैज्ञानिकहरु यो भाइरस जनावरबाट मानिसमा सरेको चीनमा नै हो, जहाँ यो केसको सबैभन्दा पहिले पहिचान भएको थियो भन्ने ठान्दछन् ।

तर अझै पनि हामीलाई यो भाइरस सबैभन्दा पहिले कहाँ मानिसमा सर्यो भन्नेबारे ठोस रुपमा थाहा छैन । फेरि यो चमेराबाट मानिसमा सोझै सरेको नभई पेन्गोलिन वा सिभेट विरालो हुँदै मानिसमा पो सरेको हो कि भन्नेबारे पनि हामीलाई खासै थाहा छैन । यी प्रश्नहरुले सम्भव कहिल्यै पनि उत्तर पाउने छैन, फेरान भन्छन्, इबोला थाहा पाइएको ४० वर्ष वितिसक्दा पनि अहिलेसम्म यो कुन जनावरबाट मानिसमा सर्यो भनेर वैज्ञानिकहरु किटेर भन्न सकेका छैनन् ।

कसैलाई सताउने कसैलाई नसताउने किन हुन्छ?

जब कोभिड– १९ को पहिलो पटक पहिचान गरियो, यसलाई श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको थियो । तर केही महिना नबित्दै रोगका थुप्रै किसिमका लक्षण र जटिलताहरु देखापर्न थालिसकेका थिए । थुप्रै मानिसहरुले स्वाद थाहा पाउने क्षमता गुमाए । केही मानिसहरुमा वान्ता र पखाला देखापर्यो, कसैकसैको औला र कुर्कुचाको रंग उडेर गयो । केहीमा विसञ्चो हुने वा मस्तिष्क नै क्षतिग्रस्त हुने जसता समस्या पनि देखापरे ।

हामीले अहिले थाहा पाएका छौं, कोभिड–१९ को संक्रमण निको भइसकेपछि पनि केही मानिसहरुले त्यसको असर लामो समयसम्म भोग्नु परिरहेको छ । ती असरहरुमा वेचैनी, मस्तिष्क क्षतिग्रस्त हुने र थकान लागिरहने लगायतका छन् । व्रिटिश मेडिकल जर्नलमा गत अगस्तमा प्रकाशित एक अध्ययन रिपोर्टमा करिब १० प्रतिशत जति विरामीहरुमा कोरोनाको दीर्घकालीन असर १२ हप्तासम्म पनि देखापरिरहेको पाइएको थियो ।

अझै पनि वैज्ञानिकहरुलाई कोभिड– १९ को त्यस किसिमको असर कति लामो समयसम्म कायम रहिरहन्छ भन्ने कुरा थाहा छैन र तिनीहरु ठोस रुपमा यो पनि भन्न सक्ने अवस्थामा छैन  कि कोरोनाका कारण किन अरुको तुलनामा केही मानिसहरु चाहिँ अलि बढी नै पीडित हुने गर्छन् । 

कोरोनाभाइरसले फरक फरक मानिसहरुलाई कसरी असर गर्छ भन्ने कुरा कुनै सुनिश्चित छैन । कोरोनासंक्रमित मध्ये कोही मानिसहरु उमेर र अन्य विविध पक्षहरुका कारण जटील रुपमा विरामी पर्ने उच्च जोखिममा हुने गर्छन् ।

द जर्नल एनाल्स अफ इन्टर्नल मेडिसिनमा नोभेम्बरमा प्रकाशित एक चिठ्ठीमा ६० वर्षका कोराना संक्रमित जुम्ल्याहा भाइहरुका बारेमा जानकारी दिइएको थियो । उनीहरु एकै समयमा कोरोना संक्रमित त भएका थिए तर त्यसका नतिजा नितान्त भिन्न थिए । ती दुई भाइमध्ये एक भाइ बिना कुनै जटीलता रोगमुक्त भएर एक हप्तापछि अस्पतालबाट बिदा पाएका थिए भने अर्को भाइलाई चाहिँ इन्टेन्सिभ केयर युनिटमा भेन्टिलेटरमा नै राख्नुपरेको थियो ।

यो केसले महिनौंदेखि अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेका विषयमा केही प्रकाश पारेको थियो, यसले देखाएको थियो कि कोरोनाभाइरसले फरक फरक मानिसहरुलाई कसरी असर गर्छ भन्ने कुरा कुनै सुनिश्चित छैन । कोरोनासंक्रमित मध्ये कोही मानिसहरु उमेर र अन्य विविध पक्षहरुका कारण जटील रुपमा विरामी पर्ने उच्च जोखिममा हुने गर्छन् ।

‘हामी सबैसँग केही फरक जेनेटिक्स हुने गर्छन्,’ कोलिगनन भन्छन्, ‘कहिलेकाहीँ हामी कारणहरु पूर्ण रुपमा बुझन् सक्दैनौं, केही मानिसहरुले अरु मानिसको तुलनामा यो संक्रमणलाई पूर्ण रुपमा विजय प्राप्त गर्न सक्छन् ।’

फेरि भौगोलितकताका आधारमा पनि यो कुरा सत्य हो । महिनौंदेखि वैज्ञानिकहरुले बृद्धअवस्थाका तथा पुरुषहरुमा संक्रमण हुने जोखिम बढी रहने गरेको प्रवृत्ति देखिइरहेका थिए । वैज्ञानिकहरुले बच्चाहरुलाई कोरानाभाइरस संक्रमणको जोखिम कम हुनुको कारण हाम्रो शरीरको कोषमा कोरोनाभाइरस प्रवेश गर्ने माध्यम एसीइ२ रिसेप्टरहरु उनीहरुको नाकमा कम हुनु हो भन्ने कुरा पनि थाहा पाइसकेका छन् । तर उनीहरु वास्तविक रुपमा यो पनि भन्न सक्दैनन् कि किन बृद्धावस्थाका कोरोना संक्रमितहरुको मृत्यु चाहिँ सामान्य फ्लूका कारण हुने मृत्युभन्दा अति उच्च छ ?

‘उमेरमा त्यस्तो के कुरा छ जसले तपाईंलाई यो रोग लाग्न सक्ने जोखिम समूहमा पुर्याउँछ ?’ कोलिगनन प्रश्न गर्छन्, ‘यो कुरा सत्य हो भन्ने तथ्यांकहरु हामीसँग छ, तर मलाई यो लाग्दैन कि यसबारे सबै उत्तरहरु हामीसँग छ । ’

यो अझै प्रष्ट छैन कि कुनै पनि मानिसलाई संक्रमित तुल्याउनको लागि कोरोनाभाइरसको कति मात्रा आवश्यक पर्छ  ? बच्चाहरु धेरैजसो लक्षणरहित हुन सक्छन् तर यो अझैसम्म प्रष्ट छैन कि कोरोनाभाइरसको संक्रमण फैलाउनका लागि बच्चाहरुको संलग्नता कति छ ? सरकारले लागू गर्ने नीति र योजनाका सन्दर्भमा यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ ।

कोरोना कसरी फैलिन्छ?

गत जनवरीमै चीनले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्छ भनेर सुनिश्चित गरेको थियो । तर एक वर्षबितिसक्दा पनि त्यो कसरी हुन्छ भन्ने बहस कायमै छ ।

वैज्ञानिकहरुका अनुसार यो भाइरस फैलिने मुख्य माध्यम भनेको संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा हावामा फैलिने थुक, सिंगानका मसिना थोपा–छिटाहरु हुन् । त्यस्ता थोपा–छिटाहरु १–२ मिटर वरिपरका क्षेत्रसम्म उछिट्टिएर जमीनमा खस्छन् र त्यसबाट संक्रमण सर्न हामीलाई मास्कले जोगाउन सक्छ । 

तर केही वैज्ञानिकहरुको तर्कमा यो भाइरस एयरोसोलहरुका माध्यमबाट पनि सर्न सक्छन् । यो भनेको त्यस्ता ससाना कणहरु हुन्, जुन संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा निक्कै परसम्म उछिट्टिन सक्छन्, हावामा घण्टौं तैरिइरहन सक्छन् । ‘यो स्थितिमा समस्या जटील बन्न सक्छ,’ कोलिगनन भन्छन्, ‘कपडाको मास्कले एयरोसोलहरुको संक्रमणबाट हामीलाई बचाउन सक्दैन ।’

केही वैज्ञानिकहरुको तर्कमा यो भाइरस एयरोसोलहरुका माध्यमबाट पनि सर्न सक्छन् । यो भनेको त्यस्ता ससाना कणहरु हुन्, जुन संक्रमितले खोक्दा वा हाँच्छिउ गर्दा निक्कै परसम्म उछिट्टिन सक्छन्, हावामा घण्टौं तैरिइरहन सक्छन् ।

तर उनको विचारमा एयरोसोलहरुभन्दा पनि थुक, सिंगानका मसिना थोपा–छिटाबाटै संक्रमण बढी फैलिइरहेको छ । उनको विचारमा हामीले कोठाभित्र हावाको प्रवाह राम्रो होस् भन्नेबारेमा विशेष ध्यान दिनु जरुरी छ । दक्षिण कोरियामा भएको पछिल्लो अध्ययनअनुसार, एयर कन्डिसन भएको कोठामा थोपा वा छिटामा रहेका भाइरसले दुई मिटरभन्दा पर बसेका मानिसलाई पनि संक्रमित तुल्याउन सक्छ ।

अरु थुप्रै प्रश्नहरु पनि छन् । फेरानका अनुसार, यो अझै प्रष्ट छैन कि कुनै पनि मानिसलाई संक्रमित तुल्याउनको लागि कोरोनाभाइरसको कति मात्रा आवश्यक पर्छ  ? बच्चाहरु धेरैजसो लक्षणरहित हुन सक्छन् तर यो अझैसम्म प्रष्ट छैन कि कोरोनाभाइरसको संक्रमण फैलाउनका लागि बच्चाहरुको संलग्नता कति छ ? सरकारले लागू गर्ने नीति र योजनाका सन्दर्भमा यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । भाइरस फैलाउनका लागि बच्चाहरुको पनि संलग्नता छ भने स्कुलहरु बन्द गरिनु पर्ने कुराले अर्थ राख्छ, तर त्यसको ठीक विपरीत उनीहरुको संलग्नता देखिँदैन भने स्कुल बन्द गर्नुले गम्भीर असर सिर्जना गर्न सक्छ ।

भाइरसविरुद्धको प्रतिरोध कति लामो समयसम्म रहन सक्छ ?

गत अगस्तमा युनिभर्सिटी अफ हंगकंगका अनुसन्धानकर्ताहरुले जनाएअनुसार ३३ वर्षीय एक मानिसर कोभिड– १९ संक्रमण निको भएको साढे चार महिनापछि पुनसंक्रमित भए ।

यसले कोभिड–१९ को संक्रमणबाट निको भइसकेपछि पनि पुनः संक्रमित हुन सक्ने भनी केही मानिसमा कायम रहेको भयलाई पुनर्पुष्टि गर्यो ।

तर कोलिगननका अनुसार, असल समाचार के पनि हो भने कोरोनाबाट पुन:संक्रमित हुने कुरा दुर्लभ घटना हो, कोरोनासंक्रमण भई निको भइसकेका करिब ९९ प्रतिशत मानिसहरुमा कम्तिमा ६ महिनासम्म पुनःसंक्रमण नभएको पाइएको छ ।

तर सबैभन्दा मुख्य प्रश्न के हो भने भाइरसका विरुद्ध प्राकृतिक रुपमा सिर्जित प्रतिरोधी क्षमता कति लामो समयसम्म टिक्छ ? तर यो भाइरस देखापरेको लामो समय बितिनसकेको हुनाले वैज्ञानिकहरुसँग यस कुराको ठोस जवाफ छैन ।

खोपले पैदा गरिदिने प्रतिरोधी क्षमता कति लामो समयसम्म टिक्न सक्छ भन्ने कुरामा कुनै प्रश्न नै छैन भन्ने होइन । हामीलाई थाहा छैन कि भाइरसले कसरी रुप बदल्छ र त्यसले भ्याक्सिनलाई प्रभावहीन बनाउँछ कि बनाउँदैन ? हामीले जनसंख्याको ठूलो हिस्सालाई भ्याक्सिन लगाउन ढिलाइ गर्दै जाँदा भाइरसले आफ्नो रुप बदल्ने मौका पनि पाउदै जान्छ, फेरान भन्छन् ।

ठीक यही कुरा कोरोनाविरुद्धको खोपको हकमा पनि सत्य हो । भ्याक्सिनले पैदा गराउने प्रतिरोधी क्षमता पनि कति लामो समयसम्म टिक्छ वा काम गर्छ भन्ने कुरा यकिन छैन । वैज्ञानिकहरु भ्याक्सिनले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता वर्षौसम्म दिन सक्ने अनुमान गर्छन्, कोलिगनन भन्छन्, ‘तर मुख्य कुरा के हो भने त्यसबारेमा अझै हामीलाई ठोस रुपमा थाहा छैन ।’

अहिलेको चरणमा, कोरोनाभाइरसको खोप प्रत्येक वर्ष दिइबस्नुपर्ने इन्फ्लुएन्जाको खोपभन्दा बढी प्रभावकारी हुन सक्ने देखिएको छ ।

वैज्ञानिकहरु खोपप्रति आशावादी छन् र उनीहरु यसको दीर्घकालीन साइडइफेक्ट नहुने कुरामा पनि विश्वस्त छन् । लण्डनको फ्रान्सिस क्रिक इन्स्टिच्यूटका जोनाथन स्टोयका भन्छन्, ‘खोपको नकारात्मक असरभन्दा पनि भाइरसले पैदा गरिदिएको जोखिम धेरै उच्च छ ।’

तर यसको अर्थ खोपले पैदा गरिदिने प्रतिरोधी क्षमता कति लामो समयसम्म टिक्न सक्छ भन्ने कुरामा कुनै प्रश्न नै छैन भन्ने होइन । हामीलाई थाहा छैन कि भाइरसले कसरी रुप बदल्छ र त्यसले भ्याक्सिनलाई प्रभावहीन बनाउँछ कि बनाउँदैन ? हामीले जनसंख्याको ठूलो हिस्सालाई भ्याक्सिन लगाउन ढिलाइ गर्दै जाँदा भाइरसले आफ्नो रुप बदल्ने मौका पनि पाउदै जान्छ, फेरान भन्छन् । अहिले बनिरहेको कतिपय भ्याक्सिन एमआरएनएन प्रविधिमा आधारित छन्, जुन अहिलेसम्म यति व्यापक रुपमा पहिले कहिल्यै प्रयोग गरिएको थिएन । यसले परम्परागत खोपहरुले दिने जत्तिकै लामो समयसम्म टिक्ने खालको प्रतिरोधी क्षमता पैदा गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि अझै प्रश्नचिन्हकै घेराभित्र छ ।

महामारीको अन्त्य कहिले होला ?

कोरोना संक्रमणको सन्दर्भमा उठिरहेका थुप्रै प्रश्नहरुमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न नै महामारीको अन्त्य कहिले होला भन्ने नै हो । अहिले संसारभरि नै अधिकांशको आशा खोपमा आएर अडिएको छ तर यो नै तत्कालै सम्पन्न गर्न सकिने समाधान भने होइन । विश्व जनसंख्याको प्रमुख वा ठूलो हिस्सालाई खोप लगाउन नै वर्षौं लाग्न सक्छ, जुन कुराले मात्रै यो महामारी फैलिने कुरालाई रोक्न सक्छ । यो स्थितिबीच मानिसहरुमा खोपप्रति विश्वस्त हुन नसक्दा त्यो लगाउने अनिच्छा पनि देखिएको छ । कदाचित मानिसहरुले खोप लगाइहालेमा पनि यो नै रामवाण समाधान भने होइन । 

‘मलाई लाग्छ, खोपले अझै लामो यात्रा तय गर्न बाँकी छ । तर मानिसहरु यसले मलाई शतप्रतिशत सुरक्षा दिन्छ भन्ने दृष्टिकोण पैदा हुनुपर्छ, जुन कुनै पनि खोपले त्यो दिन सक्दैन,’ कोलिगनन भन्छन् । र, कसैले खोप लगाइहाल्दैमा त्यो व्यक्तिलाई भाइरसले संक्रमण गर्दैन, उनीहरुले त्यसलाई फैलाउँदैन र उनीहरु विरामी परिहाल्दैन भन्ने कुराबारे वैज्ञानिकहरुलाई अझै जानकारी छैन ।

यस्तो लाग्छ, सबैजनाले खोप लगाइहालेमा पनि, हामीले अझै भाइरससँगै बाँच्नुपर्ने पनि हुन सक्छ । अहिलेसम्ममा भ्याक्सिनको बलमा संसारबाट निर्मुल भएको भनिएको एक मात्र भाइरस विफरको मात्रै हो ।

अरु थुप्रै पक्षहरु पनि छन् जसले कोरोनाभाइरस हामीमाझ कति लामो समयसम्म रहिरहला भन्ने कुरालाई निर्धारण गरिदिन्छ । जस्तो, भाइरसको म्युटेसन र त्यसको नयाँ रुपको विकास । यो सम्भव छ कि त्यो नयाँ रुप ग्रहण गर्ने भाइरस कम घातक वा कम संक्रामक हुनेछ, तर यो पनि सम्भव छ कि त्यो भाइरस झनै खतरनाक पनि हुन सक्छ ।

अरु थुप्रै पक्षहरु पनि छन् जसले कोरोनाभाइरस हामीमाझ कति लामो समयसम्म रहिरहला भन्ने कुरालाई निर्धारण गरिदिन्छ । जस्तो, भाइरसको म्युटेसन र त्यसको नयाँ रुपको विकास । यो सम्भव छ कि त्यो नयाँ रुप ग्रहण गर्ने भाइरस कम घातक वा कम संक्रामक हुनेछ, तर यो पनि सम्भव छ कि त्यो भाइरस झनै खतरनाक पनि हुन सक्छ । त्यो सम्भावनालाई अहिले बेलायतमा देखापरेको कोरोनाभाइरसको नयाँ रुपले पुष्टि गरिसकेको पनि छ । बेलायतमा देखापरेको नयाँ रुपमा मूल कोरोनाभाइरसभन्दा ७० प्रतिशतभन्दा संक्रामक रहेको देखिएको छ ।

यसबीच हामीले अन्य थुप्रै किसिमका कुराहरुमाथि पनि निर्भर रहनुपर्ने हुन सक्छ  । लण्डनको फ्रान्सिस क्रिक इन्स्टिच्यूटका स्टोयका अनुसार, बच्नका लागि हामीले विभिन्न किसिमका सुरक्षाका उपायहरुको संयोजनमा पनि भर पर्नुपर्ने हुन सक्छ । हामी यो भन्न सक्दैनौ कि हामी यो कुरा मात्रै गर्छौं र भाइरसको संक्रमण फैलिन रोक्छौं ।’

त्यसैले मुख्य सवाल भनेकै भाइरस कसरी फैलिन्छ र भिन्न मानिसहरुलाई त्यसले कसरी प्रभाव पार्छ भन्ने नै हो । यो सवाल अहिलेको महामारीसँग जुघ्न मात्रै हैन, भविष्यमा देखापर्न सक्ने महामारीका सन्दर्भमा पनि महत्वपूर्ण छ ।

कोलिगननका अनसार, समस्या भनेको हामीले यो सवालको जवाफ खोज्न ठूलो धनराशी खर्च गरिरहेका छौं भन्ने हैन । ‘हामीले करोडौं डलर खोप र औषधीको खोजीमा खर्च गरिरेहका छौं । तर हामीले आधारभूत कुरामा भने पर्याप्त लगानी गरिरहेका छैनौं । यी पनि आंशिक कुरा मात्रै हुन्, यसले समस्यालाई पन्छाउँदैन, जोखिमलाई कम गर्ने मात्रै हो । स्टोयका चिन्ता चाहिँ हामीले यो महामारीसँग जुघ्नका लागि अझै सही बाटो पत्ता लगाउन नसकेकोमा छ । ‘जब हामी भविष्यमा आउने सक्ने महामारीका कुरा गर्छौं, मलाई के चिन्ताले सताउँछ भने के हामीले त्यसलाई पन्छाउनका लागि अहिलेकै महामारीबाट पर्याप्त शिक्षा लिएका छौं ?’

सीएनएनमा प्रकाशित जुलिया होलिङ्सवर्थको रिपाेर्टकाे नेपाली अनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.