बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलनरत स्वास्थ्यकर्मी र मन्त्रालयबीच वार्ता हुँदै

बिहीबार, १६ पुस २०७७, १२ : ४२
बिहीबार, १६ पुस २०७७

काठमाडौँ । आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच वार्ता हुँदैछ । संघर्ष समिति र मन्त्रालयबीच बुधबार तीन घण्टा लामो छलफलमा पहिलो, दोस्रो बुँदामा छलफल भएपनि निष्र्कषमा पुग्न नसक्दा पुनः बिहीबार दिउँसो १ बजे वार्ता सुरु हुने समितिका संयोजक डाक्टर लोचन कार्कीले बताए । 

विभिन्न १८ बुँदे माग राख्दै स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन् । संयुक्त संघर्ष समितिले सरकारले कोभिड लगायत जटिल रोगहरुको उपचार निःशुल्क गर्नुपर्ने मागसँगै देशैभरका अस्पतालहरुमा सेवा सुविधा विस्तार गर्ने, आइसीयू, भेन्टिलेटरलगायत उपकरणहरुको बढाउने लगाएतका माग राख्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप