शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड सेलिब्रिटीका वास्तविक नाम

शुक्रबार, १७ पुस २०७७, १३ : ३८
शुक्रबार, १७ पुस २०७७

बलिउडमा यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो वास्तविक नाम फेरेर आफूलाई नयाँ नामबाट स्थापित गराएका छन् । आज हामी यस्ता कलाकारबारे जानकारी दिँदै छौं जसले बलिउडमा कदम राखेपछि आफ्नो नाम फेरिदिए...

१. अमिताभ बच्चन (इंकिलाब श्रीवास्तव)

अमिताभ बच्चनको वास्तविक नाम ‘इन्किलाब श्रीवास्तव’ हो । उनको स्क्रिन नाम अमिताभ बच्चन हो । हुन त उनलाई बीग बी र अमित जीको नामले पनि चिनिन्छ । 

२. सलमान खान (अब्दुल रशिद सलिम खान)

बलिउडका चर्चित अभिनेता सलमान खानको वास्तविक नाम ‘अब्दुल रशिद खान’ हो । उनले आफ्नो स्क्रिन नाम सलमान खान राखेका छन् । 

३. अक्षय कुमार (राजिव हरि ओम भाटिया)

बलिउडका चर्चित खिलाडी कुमारको वास्तविक नाम ‘राजिव हरि ओम भाटिया’ हो । इन्डष्ट्रिमा आएपछि अक्षयले आफ्नो नाम फेरे र ‘अक्षय कुमार’ को नामले चर्चा हुन थाले । 


४. अजय देवगन (विशाल वीरु देवगन)

बलिउड इन्डष्ट्रिका सिंघमको वास्तविक नाम ‘विशाल विरु देवगन’ हो । अजय देवगन बलिउडका निकै क्षमतावान् र आफ्नो कामप्रति इमान्दार अभिनेता हुन् । 

५. प्रिती जिन्टा (प्रितम जिन्टा सिंह)

बलिउडकी चर्चित नायिका प्रिती जिन्टाको वास्तविक नाम प्रितम जिन्टा सिंह हो । बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो नाम फेरेर प्रिती जिन्टा बनाएकी हुन् । 

६. सैफ अली खान (साजिद अली खान)

बी–टाउनका नवाब अर्थात् सैपल अली खानको वास्तविक नाम साजिद अली खान हो । सैफ नवाब खानदानका हुन् । बलिउडमा आएपछि उनले आफ्नो स्क्रिन नाम सैफ अली खान राखे । 

७. जोन अब्राहम (फरहान अब्राहम)

आफ्नो पर्सनालिटी र वर्कआउटका लागि परिचित जोन अब्राहमको वास्तविक नाम  ‘फरहान अब्राहम’ हो । 

८. दिलीप कुमार (मुहम्मद युसूफ खान)

बलिउड सिनेमाको चम्किलो नक्षत्र भनिने दिलीप कुमारलाई सबैले चिन्छन् । उनी आफ्नो समयका शीर्ष अभिनेतामध्ये एक हुन् जो अत्यधिक चर्चित रहे । दिलिप कुमारले पनि आफ्नो वास्तविक नाम मुहम्मद युसूफ खानलाई फेरेर आफूलाई नयाँ नाम दिए – दिलिप कुमार । 

९. मिथुन चक्रवर्ती (गौरंगा चक्रवर्ती)

बलिउडका डिस्को डान्सर मिथुन चक्रवर्तीको वास्तविक नाम ‘गौरंगा चक्रवर्ती’ हो । मिथुन बलिउडमा आफ्नो डान्सका कारण निकै चर्चित भएका थिए । 

१०. सनी देओल (अजय सिंह देओल)

बलिउडका चर्चित अभिनेता सनी देओलको वास्तविक नाम अजय सिंह देओल हो । 


११. महिमा चौधरी (ऋतू चौधरी)

बलिउडकी सुन्दर अभिनेत्री महिमा चौधरीको वास्तविक नाम ऋतू चौधरी हो । 

१२. सनी लियोनी (करनजीत कौर वोहरा)

बलिउडकी चर्चित अभिनेत्री सनी लियोनीले पनि आफ्नो वास्तविक नाम करनजीत कौर वोहराबाट परिवर्तन गरेर आफूलाई सनी लियोनीको नाम दिइन् । 

सनीको यो नाम निकै चर्चित छ । 

१३. मल्लिका शेरावत (रिमा लाम्बा)

कुनै न कुनै कारणसहित धेरैजसो चर्चामा आइरहने मल्लिका शेरावतको वास्तविक नाम रिमा लाम्बा हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप