केन्द्रीय संस्करण

रोमान्सका लागि खनिएको थियो सुरुङ, प्रेमिकाका श्रीमान‍्ले गरे पर्दाफास

person explore access_timeपुस १७, २०७७ chat_bubble_outline0

एक विवाहित पुरुषले प्रेमिका भेट्नका लागि सुरुङ खनेकाथिए । त्यही, सुरुङ हुँदै उनी प्रेमिकाको बेडरुमसम्मै पुग्थे । प्रेमिका पनि विवाहित हुन् । तर, अन्तत ती पुरुष सत्य ओकल्न बाध्य भएका छन् । युवतीका श्रीमान्ले आफ्नी श्रीमतीसँग परपुरुषको रोमान्सबारे सूइँको पाएपछि यस्तो रहस्य बाहिरिएको हो । घटना मेक्सिकोको हो । 

मेक्सिकोमा प्रायजसो ड्रग्स कारोबारीहरुले सुरुङ प्रयोग गर्ने गर्छन् । तर, भिल्लास डेल प्राडोका एक मिस्त्रीले प्रेमिकासँग गोप्य रोमान्सका लागि सुरुङ खनेका थिए । आफ्नो घरबाट लामो दूरी पार गरेर तिजुआनास्थित छिमेकी बस्तीमा रहेकी प्रेमिकाको बेडरुमसम्म पुुग्नेगरी सुरुङ बनाइएको थियो । पामेला नामकी यी प्रेमिका र एन्टोनियोको रोमान्स चलिरहेकै थियो । श्रीमान् घरबाट कामका लागि निस्किएपछि पामेलाले एन्टोनियोलाई खबर गर्थिन्, अनि उनी यही सुरुङ हुँदै गोप्य रुपमा आउँथे । तर, एकदिन आफ्नो कामबाट सोचेभन्दा चाडों समयमै श्रीमान् जर्ज घर फर्किए । त्यतिबेला पामेला र एन्टोनियो रोमान्स गर्दै थिए । रिसाएका श्रीमानले पत्तो नपाउनेगरी एन्टोनियो खाटमुनी घुसे । अनि, एकाएक गायब भए । जर्जले धुईपत्तो खोजी गरे । घरमा सबैतिर खोज्दा पनि एन्टोनियोलाई नभेटेपछि उनले खाटमुनी पनि चिहाए । जहाँ, उनले सुरुङको प्रवेशद्वार भेटे । त्यसपछि त्यही बाटो हुँदै उनी एन्टोनियोको घरसम्म पुुगे । 

यहाँ एन्टोनियोले रुँदै जर्जसँग माफी मागे, अनि चुप लाग्न भने । किनकी, जर्जले यर्थाथ खोतल्दा एन्टोनियोकी श्रीमतीले सबै घटनाको फेहरिस्त थाहा पाउने थिइन् । तर, रिसाएका जर्जले एन्टोनियोलाई कुटे । आफ्नो घरमा नौलो मानिस आएर श्रीमान्लाई कुटिरहेको देखेपछि एन्टोनियोकी श्रीमतीले प्रहरीलाई खबर गरिदिइन् । 

प्रहरीले घटनाबारे छानविन गरेपछि यर्थाथ खोतल्न एन्टोनियो बाध्य भए । यो ‘लभ टनेल’ को समाचार तथा फोटोहरु गत साता मेक्सिकोका सामाजिक सञ्जालमा भाइरल बने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एन्टोनियोलाई ड्रग्स माफिया ‘इल चापो’सँग तुलना गरेर समाचार आयो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.