वामदेव गौतम राष्ट्रियसभा बैठकमा पहिलो पटक उपस्थित
शुक्रबार, १७ पुस २०७७, १६ : ३१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।
संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।
राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्छु’ भनेकाले एकता कायम राख्न अझै झिनो आशा जीवित रहेको बताए ।
सरकारको सिफारिसमा गत असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम
-
सुँगुरको रगतबाट पिउने पानी
-
मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता
-
सुदूरपश्चिम सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने