मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा प्रतिगमनमाथि प्रतिगमन लादिएको छ: जनता समाजवादी पार्टी

शुक्रबार, १७ पुस २०७७, १७ : ०४
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । जनत समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले एक्लै एक्लैले लडाई जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘आउ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौं ।’

वरिष्ठ नेता राजेन्द्र महतोले पनि देशमा पहिलादेखि नै प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रतिगमन लादिएको बताए । संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउनका लागि शुरुदेखि नै संघर्ष गर्दै आएको तर प्रतिगामी सरकारले जनताको पक्षमा संविधान नबनाएको उनले गुनासो गरे ।

पछि संविधान संशोधनको माग राखिए पनि संविधान संशोधन नगरि मधेशी, आदिवासी जनतामाथि विभेद गरेको उनले बताए । प्रतिगमनकारी सरकारका विरुद्धमा सशक्त आन्दोलनको आवश्यकता रहेको र त्यसका लागि सबै अग्रगामी शक्ति एक हुनुपर्ने कुरामा उनले जोड दिए ।

अमृत पुरी संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीले जसपा नेपालसँग एकीकरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीका सबै सदस्य तथा समितिहरु जसपा नेपालमा समाहित भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप