ad
केन्द्रीय संस्करण
कोरोना कहरले निम्त्याएको समस्या

कोभिडले मनोरोगी ह्वात्तै बढे : हामी पीडादायी स्थितिबाट गुज्रिरहेका छौँ !

महामारीले प्रायः सबै घरमा मानसिक समस्या ल्याएको हुनसक्छ, होसियार !

person explore access_timeपुस १९, २०७७ chat_bubble_outline0

 

 

काठमाडौँ । कोरोना सङ्क्रमणको त्रासका कारण र लामो समयसम्मको बन्दाबन्दीले आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा प्रत्यक्ष असर पार्दा विभिन्न किसिमका समस्या सिर्जना भएका छन् । दैनिक जनजीविका लगायत समस्याले अहिले आम मानिसमा मानसिक पीडा बढ्दै गएको छ । यो महामारी कालमा आम मानिसमा मानसिक पीडा किन र कसरी बढ्यो ? यसले हरेक व्यक्तिमा केकस्ता समस्या उत्पन्न गराउँदैछ ? र यसबाट कसरी छुटकारा पाउन सकिन्छ ? लगायत विषयमा मनोविश्लेषक वाशु आचार्यसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानी :

कोरोना महामारीले मनोरोगी बढेकै हुन्? हाे भने किन ?

भूकम्पले धेरै जनधनको क्षति गर्दा धेरै पीडित भए, धेरै व्यक्तिमा मानसिक समस्या पनि देखियो । अहिले फेरि विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण सरकारले लकडाउन गर्दा मानिसको दैनिक जनजीविकामा ज्यादै कठिनाइ सिर्जना गर्यो । कैयौंले रोजगारी गुमाए । यसबाट मानिसहरुको मनोपीडा बढ्दै गएको छ । सरकारले हालसम्म यस्ता पीडित कति छन् भनेर आधिकारिक रूपमा अनुसन्धान गरेको छैन । तर मनोपरामर्श लिन आउने व्यक्तिहरुले छाती भारी हुने, टाउको पोल्ने, निद्रा नलाग्ने र बेचैन हुने भन्दै आउने गरेका छन् । कोभिडकै कारणले समस्या भयो भन्दै आउँछन् । तर शारीरिक रूपमा विभिन्न समस्या देखाएर बेचैन भएँ भन्दै आउने धेरै छन् ।

धेरैले छातीनिर हात राखेर मेरो मन भारी भयो भन्छन् ।  मेरो मन दुखेको छ भन्छन् । प्रायले खासमा छातीमा मन हुँदैन । कुनै पनि कुरा आफूले भनेजस्तो नभएपछि सोचलाई व्यवस्थापन गर्न नजानेपछि, नकारात्मक सोच आउन थालेपछि शारीरिक रूपमा अनेक समस्या देखिन्छ ।

निद्रा लाग्दैन, छाती भारी हुन्छ, काँध गल्छ, त्यसै डर लाग्छ, छटपटी धेरै हुन्छ, रिस उठ्छ, दिक्क लाग्छ,  भन्नै सक्दिनँ के भएको के भएको छ, पहिलाको जस्तो म छैन, मरौँ मरौँ हुन्छ भन्दै आउँछन् । यसो भन्नुको कारण उनीहरूमा मानसिक समस्या सुरु भएको हो । मानसिक समस्या हुन थालेपछि अनेकथरिका तर्कवितर्क मनमा आउँछन् । विभिन्न अवस्था सिर्जना हुने वित्तिकै मनमा विचार आउँछन् । विचारले भावनालाई असर गर्छ । दुनियाँमा बस्ने सबैलाई सकारात्मक प्रभाव वा नकारात्मक प्रभाव पर्छ नै । कतिपयलाई म बाटोमा हिँडेको बेला आफन्तले देखेर पनि वास्ता गरेनन् भन्ने सोच आउन सक्छ । मलाई उसले के सोचेको होला ? फेरि त्यही केसमा अर्को व्यक्तिले सोच्न सक्छ । किन त्यो बोल्दैन । यसलाई केही समस्या छ कि, हतार छ कि, केही गडबड भएको छ कि भन्ने सोच आउँछ । नकारात्मक सोच आउने व्यक्तिको मन खिन्न हुन्छ । त्यसै छाती भारी हुने, काँध गल्ने हुन्छ ।

धेरैले छातीनिर हात राखेर मेरो मन भारी भयो भन्छन् ।  मेरो मन दुखेको छ भन्छन् । प्रायले खासमा छातीमा मन हुँदैन । कुनै पनि कुरा आफूले भनेजस्तो नभएपछि सोचलाई व्यवस्थापन गर्न नजानेपछि, नकारात्मक सोच आउन थालेपछि शारीरिक रूपमा अनेक समस्या देखिन्छ । राम्रो सोच्नेहरुलाई शारीरिक रूपमा कुनै समस्या हुँदैन । नकारात्मक सोच्नेहरुको व्यवहार बिग्रिन्छ । एक्लै बस्न मन पराउने, घरमा बस्दा पनि कोठामा चुकुल लगाएर बस्ने, मलाई सबैले हेपे, मानिसहरुले मलाई कमजोर सोचे भन्दै बस्छ । अर्को सकारात्मक सोच भएका व्यक्तिहरुले किन देखेर पनि मलाई बोलाएन भनेर उसलाई  फोन गर्छ । किन बोल्नुभएन भनेर सोध्छ । आफ्नो त्यो व्यवहारले कति मज्जा लिन्छ । अर्को नकारात्मक कुरा मनमा खेलाइरहनेले आफूलाई  सानो कुरामा पनि डिप्रेसमा राख्छ । यस कारणले परिस्थितिलाई कसरी मूल्याङ्कन गर्ने हो । मूल्याङ्कन गर्ने तरिकाले मानिसलाई दुःखी बनाउने कि सुखी बनाउने निर्धारण गर्छ ।

एन्जाइटी, डिप्रेसन, बाइपोलार, सोम्याटोफर्म हुन्छ । उसलाई कुनै प्रकारको रोग छैन । मलाई रोग लाग्यो भनेर लाखौँलाख उपचारमा खर्च गरेका हुन्छन् । तर उसको शरीरमा कुनै रोग छैनभन्दा मान्न तयार नै हुँदैन ।

 उसका भनाइ उसको दृष्टिकोण, दैहिक भ्रम, व्याख्या, विश्लेषण, अन्दाज, तुलना गर्ने बानी सबै सकारात्मक हुँदैन । मैले यहाँनिर के जोड्न खोजेको हो भने कोभिडपछि मानिसहरुलाई मज्जा आएन, रमाइलो भएन, परिवारमा मात्रै सीमित हुँदा मज्जा आउँदैन । सधैँ बाहिरतिर मात्रै सीमित भएर परिवारसँग नहुँदा पनि मज्जा आउँदैन । मानिसलाई जीवनयापनका लागि विविधता चाहिन्छ ।

भूकम्पपछि जति मनोरोगी बढेको थिए, यस महामारी कालमा पनि मनोरोगी अझ बढे ।

भनेको सबैतिर घुलमिल हुन सक्ने कुराकानी गर्न सक्ने वातावरण हुनुपर्छ । एकातिर कोभिडको डर, त्यहीमाथि आनन्द छैन । डरसँगै मानिसलाई घुलमिल हुने, रमाइलो गर्ने ठाउँ भएन, स्कुल, कार्यालय सञ्चालनमा आएन । त्यसपछि कोभिडको डरसँगै घरमा सीमित हुँदा मानिसका मनोपीडाहरु ह्वात्तै बढेको छ । मनोपीडा बढ्दा कोभिडको कारणले मनोपीडा बढ्यो भनेर ती व्यक्तिहरुले थाहा पाउँदैन ।

जस्तै कार्यालयको हाकिमसँग केही कुरामा चित्त बुझेको छैन । तर घर गएपछि कार्यालयको कुरा मनमा खेलिरहन्छ । घरमा गएर रिसाउने झोक्किने गर्छ । उसलाई कार्यालयको कार्यमा चित्त दुखेको हो । तर उसले घरकै कारणले रिस उठेको ठान्छ । किनभने धेरैलाई साइको एनालाइसिस गर्न आउँदैन । यसकारण मैले के जोड दिन खोजेको हो भने भूकम्पपछि मानिसहरुको सोच, व्यवहार, भावना, शारीरिक पीडा, अन्तरव्यक्तित्व सम्बन्ध, दैनिकी, बुझाइ, तर्क, सहन सक्ने क्षमता, आवेग नियन्त्रण, रिस, कुण्ठा हरेक पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गरेको थियो । त्यसैले आत्महत्या गर्नेको सङ्ख्या वृद्धि भएको हो । भूकम्पपछि जति मनोरोगी बढेको थिए, यस महामारी कालमा पनि मनोरोगी अझ बढे । कोभिड मानिसको जीवनमा दर्दनाक बनेर आएको छ । समयमै सम्बन्धित निकायले ध्यान नदिए आत्महत्या गर्नेको सङ्ख्या बढ्छ ।

मानसिक रोगलाई गम्भीर रूपमा नलिएका कारण नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्छ भन्नुभयो । यसका आधार केके  छन्?

कोभिड मानसिक, व्यावहारिक, आर्थिक र सामाजिक रूपमा मानिसको पीडा बन्यो । यसलाई व्यवस्थापन गर्न सकिएन भनेदेखि २०३० पछि ३ जनामध्ये १ जनालाई मनोरोग देखिन्छ भनिएको छ । अहिले ४ जना बराबर १ जनामा यो समस्या देखिन्छ   । तर २०३० भन्दा अगाडि नै ३ जना बराबर १ जनामा देखिने जस्तो लाग्छ । मनोपीडाको अवस्था कति पीडाजनक छ भने रोग लागेर मर्नेमध्ये ७ औँ नम्बरमा मानसिक रोग पर्छ । विभिन्न अनुसन्धानलाई हेर्दा मानसिक समस्या भएर मर्नेको सङ्ख्या दुई नम्बरमा पुग्न सक्ने देखाइएको छ । यो दर बढ्दै गएको छ ।

मनोपीडाको अवस्था कतिपीडाजनक छ भने रोग लागेर मर्नेमध्ये ७ औँ नम्बरमा मानसिक रोग पर्छ । विभिन्न अनुसन्धानलाई हेर्दा मानसिक समस्या भएर मर्नेको सङ्ख्या दुई नम्बरमा पुग्न सक्ने देखाइएको छ । यो दर बढ्दै गएको छ ।

एक जनाले आत्महत्या गर्‍यो भने २० जनाले आत्महत्या गर्ने प्रयास गरेका हुन्छन् । आत्महत्याको प्रयास गर्नेमध्ये कसैको डोरी चुँडेको हुन्छ, कसैलाई विषको मात्रा पुग्दैन, प्रयास गर्दा शरीरको अङ्गभङ्ग मात्रै हुन सक्छ, कसैलाई अरूले बचाइदिन्छन् । केहीले अन्तिम योजना बनाएर होस् के मर्नु भनेर मर्दैन । त्यसैले २० जनाले आत्महत्याको प्रयास गरेभने १ जनाको चाहिँ मृत्यु हुन्छ । फेरि २० जनाले आत्महत्याको प्रयास गर्दा ३ सय जनाले आत्महत्या गर्ने तयारी गरेका हुन्छन् । ३ सयले आत्महत्याको तयारी गर्दा २० जनाले प्रयास गर्छन् । ३ सय जनाले योजना तथा तयारी गर्नुको भनेको १ हजार जनालाई मर्न मन छ । मर्न मन हुनेहरु चाहिँ कस्ता हुन्छन् भने परिवारलाई अलिकति धनसम्पत्ति जोडदिन्छु, छोराछोरी अलि ठूला हुन्, ऋण तिरेर मर्छु भन्ने आदि सोच बनाएका हुन्छन् । १ हजारलाई मर्न मन छ भने हजारलाई डिप्रेसन भएको छ । मेरो तर्कअनुसार नेपालमा मर्नका लागि १० लाख मानिसले सोच बनाएका छन् । १ जनाले आत्महत्या गर्यो भने १ सय ३४ जनालाई असर गर्छ ।  

यो महामारी कालमा कस्ताकस्ता समस्या लिएर कुनकुन उमेर समूहका व्यक्ति मनोपरार्मशका लागि बढी आए?

डिप्रेसन अधबैँसे महिलालाई हुन्छ । यो समयमा परामर्शका लागि  बढी आउने अधबैँसे महिला छन् । केही महिलाको महिनावारी सुक्ने बेला भएका, अर्कोतिर महामारीको बन्दाबन्दीले धेरै अधबैँसे महिला मनोपीडित भएर आए ।

डिप्रेसन अधबैँसे महिलालाई हुन्छ । यो समयमा परामर्शका लागि  बढी आउने अधबैँसे महिला छन् । केही महिलाको महिनावारी सुक्ने बेला भएका,अर्कोतिर महामारीको बन्दाबन्दीले धेरै अधबैँसे महिला मनोपीडित भएर आए ।

महिनावारी रोकिने बेला भएका महिलाको बायोलोजिकल तत्त्वले असर गरिरहेको हुन्छ । अनि महिनावारी सुरु हुनुभन्दा अघि किशोरीहरुमा ८ प्रतिशत नानीहरुमा डिप्रेसन हुन्छन् । महिनावारी रोकिने बेला भएका महिला धेरै डिप्रेसनमा जान्छन् । व्यावहारिक रूपमा मनोपीडा भएर परामर्श लिन आउने अधबैँसे पुरुष छन् । समन्वय र समायोजन गरेर महिलाहरु टिक्न नसक्दा मनोपीडित भएको पाइएको छ ।

जस्तै विवाहपछि महिला अर्काको घरमा जानुपर्छ । नयाँ परिवेशमा समन्वय गरेर बस्न धेरै उनीहरुले गाह्रो मान्ने गरेको पाइएको छ । नयाँ बुहारीमाथि चाहेर नचाहेर  धर्म, परम्परा, काम, कर्तव्य आदिबारे धेरै खाले बन्देज परिवारले लगाइदिन्छन् । श्रीमानले नयाँ श्रीमती हुँदा सजिलो बनाइदिने त्यसपछि वास्ता नगर्ने, त्यसमाथि बच्चा जन्माउने, घरबाहिर काममा पनि निस्कनुपर्ने आदि विभिन्न समस्या देखाउँदै महिला आउने गरेका छन् । हामीलाई देख्दा सानो कुरा लागे पनि व्यवहारिक रूपमा भोग्ने धेरै समस्या लिएर महिला आउने गर्छन् । जटिल मानसिक समस्या भएका बिरामी भने महिला पुरुष बराबर छन् ।

यो महामारीले बच्चाहरुलाई समेत आपत्तिमा पारेको छ । सानासाना बच्चाहरु स्थितिसँग समायोजित हुन नसकेर आत्महत्या गरेका छन् । बालबालिकाले घरमा मज्जा, आनन्द लिन नसक्दा आत्महत्या गरेका छन् । बच्चालाई सेपरेसन एन्जाइटी भएको पाइएको छ । अहिले जाडो मौसम चालिरहेको छ । मौसमी प्रभावले ‘डिसअडर’ भएर आउनेहरु पनि छन् । ठूलो जमातले भित्री कुरा बुझ्न नसकेको कारण मानिसमा मानसिक पीडा बढेको छ ।

 आम मानिसमा मनोपीडा छ तर बेवास्ता गरेका छन् ।

ऋणधन गरेर एउटा सटरमा पसल खोलेको थियो । बन्दाबन्दीले लामो समयसम्म ठप्प भयो । परिवार पाल्ने मुख्य आधार त्यही थियो । त्यसपछि उसलाई कति पीडा भएहोला । आर्थिक भार तथा पारिवारिक दायित्व सहन नसकेर धेरै मानिस पीडित भए ।

हामीलाई देख्दा सानो कुरा लागे पनि व्यवहारिक रूपमा भोग्ने धेरै समस्या लिएर महिला आउने गर्छन् । जटिल मानसिक समस्या भएका बिरामी भने महिला पुरुष बराबर छन् ।

लगातार १५ दिनसम्म सहन सकेन भने उसलाई डिप्रेसन हुन्छ । कोभिडले हाम्रो जीवनलाई एउटा शिक्षा त दियो तर पीडादायी स्थितिबाट गुज्रिरहेका छौँ ।  

एउटा मानिसको ३० करोडको सम्पत्ति छ । जम्मा ४ करोड ऋण छ । तर कोरोना महामारीको बन्दाबन्दीले ऊ डिप्रेसनमा गयो । परिवारको सहयोगमा परामर्श लिन आइपुग्यो । उसले आत्महत्या गर्ने सोच बनाइसकेको रहेछ । मनोपरामर्शका कारण अहिले पूर्ण रूपमा ठीक छ । कहीलेकाहीँ फोन गरेर आफ्नो कुरा गरेर आफैँ हाँस्छन् । बन्दाबन्दीको समयमा उनको मनले ४ करोडको रिनले ३० करोड डुब्ने देखेछ । कति समयसम्म कोभिडले बन्दाबन्दी बनाउँछ । अब  बैङ्कले गाडी, घर, जग्गा सबै हडप्छ । उसको मस्तिष्कमा अब मैले मुख कसरी देखाउने भन्ने खालका नकारात्मक सोच मात्रै आउन थालेछ ।

मानसिक तथा शारीरिक रूपमा स्वस्थ बच्चा लामो समयसम्म घरमा बस्यो भने धेरै नकारात्मक परिवर्तन आउँछ । भनेको केही नमान्ने, उल्टोउल्टो काम गर्ने, रिसाइरहने गर्न थाल्यो । ८ वर्षको बच्चाले म मरिदिएपछि तिमीहरुलाई शान्ति हुन्छ सधैँ समेत भनेछ । कोरोना सङ्क्रमणको त्रास र लामो बन्दाबन्दीले यस्तो समस्या आएको हो ।

त्यसो भए कोरोना सङ्क्रमणको त्रास र लामो बन्दाबन्दीले हरेक उमेर समूहका व्यक्तिमा मानसिक समस्यामा वृद्धि भएको व्यक्ति स्वयं,परिवार तथा नजिकका मान्छेले आकलन गर्न सकेको छैनन्

कोभिडकै कारण उत्पन्न भएको मनोपीडा हो भनेर त्यही अनुसारको समाधन पत्ता लगाउन नसकेको अवस्था हो । महामारीमा महिलाहरु धेरै पीडित भएका छन् । परामर्शका लागि आउने धेरै महिला पनि छन् । घरमा सबै सदस्य बिदा मनाउन गएझैँ गरेर आराम गरिरहेका छन् । घरको काममा सहयोग कसैले गर्दैनन् । घरमा भएकाहरु मोबाइल, टीभी, घरभित्र खेल्न मिल्ने सामूहिक खेल खेल्छन् । म पकाउने, घर सफा गर्ने, लुगा धुने काममा सीमित छु । अघिपछि कार्यालय, घर, गर्दै केही नयाँ कुरा सिक्ने बुझ्ने गर्थें । परिवारका सदस्य आनन्दले आराम गर्ने, मेरो बारेमा सासुससुरा, श्रीमान, छोराछोरीले व्यवास्ता नगरे जस्तो लाग्यो । रिस मात्रै उठ्छ ।

दीर्घरोगी,वृद्धावृद्धलाई कोरोना सङ्क्रमण भएमा मृत्यु हुन्छ भन्ने तरिकाले प्रचार प्रसार भयो । त्यसपछि दीर्घरोगी, वृद्धावृद्धा  धेरैले तनाव लिन थाले ।बाबु मेरो दिन गयो भन्दै आधा रातमा धेरैले फोन गरे ।

यस्तै दीर्घरोगी, वृद्धावृद्धलाई कोरोना सङ्क्रमण भएमा मृत्यु हुन्छ भन्ने तरिकाले प्रचारप्रसार भयो । त्यसपछि दीर्घरोगी, वृद्धावृद्धा  धेरैले तनाव लिन थाले । बाबु मेरो दिन गयो भन्दै आधा रातमा धेरैले फोन गरे । के भो ? को बोल्नु भयो ? भन्दा मेरो छोरा–छोरीले हजुरसँग बोल्नका लागि लगाइदिएको हो । यस्तै विभिन्न खालका समस्या लिएर आउने गर्छन् । पछिल्लो समय यस्ता समस्या लिएर आउनेको सङ्ख्या वृद्धि भएको छ ।

मानसिक समस्या भएका व्यक्तिहरुले सेवन गर्ने औषधिले कुनै नशा सेवन गरेजस्तो लठ्ठ बनाउँछ । त्यसैले  धेरैलेत्यस्ता औषधिसेवन गर्न हुँदैन भन्ने गर्छन्,के सत्य यो हो ?

विभिन्नथरिका मानसिक समस्या भएका व्यक्तिहरुले सेवन गर्ने औषधि नशालु पदार्थ सेवन गरे जस्तो हुन्छ भन्ने धारणा समाजमा विकास भएको छ । तर त्यो बुझाइ गलत हो । मानसिक समस्या विभिन्नथरिका हुन्छन्  । दुःखी हुनेलाई मज्जा आउने, आत्तिनेलाई नआत्तिने, शङ्का गर्नेलाई शङ्का नगर्ने, डर नलाग्ने जस्तै ठूला कुरा मात्रै गर्छ । म दुनियाँ चलाउँछु भन्छ तर सिन्को भाँच्दैन । तिनीहरुका लागि पनि औषधि चलाउने हो । लठ्ठै पार्ने औषधि भनेको १०० वटा मानसिक समस्यामध्ये कुनै एउटालाई मात्रै सेवन गराउनुपर्ने हुन सक्छ । १०० जनामध्ये ९९ जनाको सन्तुलन गडबड भएको होइन । ९९ जना पागल होइनन् । मानसिक समस्या जसलाई पनि हुन सक्छ । तर समाजले ९९ जनालाई पागल भनिदिन्छ । त्यसमा सत्यता छैन ।

लामो समयसम्म दिक्क लाग्ने, डर, रिस, चित्त दुख्नु, निद्रा नलाग्नु जस्ता समस्या पागलपन होइनन् । के जान्न जरुरी छ भने यस्ता मान्छे कुनै पनि हालतमा पागल हुँदैनन् । सामान्य मानसिक समस्या पगलपन होइन र हुँदैनन् । यस्ता समस्या भएकालाई मस्तिष्कमा रहेको सेरोटोनिन न्युरो केमिलकल मिलाउन औषधि दिइएको हो । हरेक मानसिक समस्याको उपचार औषधि र परामर्शद्वारा निको हुन्छ । एकदम धेरै मानसिक सन्तुलन गढबढ भएकालाई स्थिर बनाउन सकिन्छ ।

के जान्न जरुरी छ भने यस्ता मान्छे कुनै पनि हालतमा पागल हुँदैनन् । सामान्य मानसिक समस्या पागलपन होइन र हुँदैनन् । यस्ता समस्या भएकालाई मस्तिष्कमा रहेको सेरोटोनिन न्युरो केमिलकल मिलाउन औषधि दिइएको हो । हरेक मानसिक समस्याको उपचार औषधि र परामर्शद्वारा निको हुन्छ ।

तपाईंले यस्तो भनिरहँदा केही व्यक्तिको बानी,व्यवहार,बोली सुन्दा उसलाई केही समस्या छ भनेर यकिन गर्न सकिन्छ । तर सो व्यक्तिले मनोरोगी भएको कुनै पनि हातलमा स्वीकार गर्दैनन्,किन?

त्यसलाई एलोपास्टिक र इगोसिन्टोनिक भनिन्छ । यो भएको व्यक्तिले म जे छु ठीक छु । रोगी छौ त तिमीहरु छौ भन्ने गर्छन् । त्यो भ्रम रोगको हकमा, कि पसर्नालिटी डिसअर्डर भनिने व्यक्तित्व विकारको हकमा, स्किजोफ्रेनिया हुँदा, वाइपोलार डिसअडरको हकमा हुन्छ । सबैलाई थाहा छ उसले आफूमा समस्या पैदा भएको कुरा स्वीकार्दैन । उनीहरुले मलाई केही समस्या छैन तिमीहरुलाई नै समस्या छ भनिदिन्छन् । यी समस्या भएका व्यक्तिले धेरै शङ्का गर्छन् । धेरै घिनमा मान्ने, आफ्नो व्यक्तिगत सामान जस्तै बुक, लुगा, खाना खाने भाडा अरूले नछोए हुन्थ्यो जस्तो गर्छ । आफू नजिक कोही नआइदिए हुन्थ्यो भन्छन् । जब उसले कुनै सानो गल्ती गरेको हुन्छ  । परिवार तथा साथीले यो त गलत भयो भन्यो भने उसले त्यो आमा बा दाजुभाइ दिदी बहिनी जो भए पनि देख्न रुचाउँदैन ।

जति मानिसले आत्महत्या गरे वा मनोरोगका शिकार भए, उनीहरुको आफ्नै कथा छन् । त्यसैले परिवारका सदस्यहरुले आफ्ना घरभित्रका सदस्यहरुको ख्याल गर्न अत्यन्त जरुरी  हुन्छ । 

यसअघि तपाईंले मानसिक समस्या भएको व्यक्तिले आत्महत्या गर्दै छ भन्ने नजिकका आफन्तहरुले थाहा पाएर जोगाउन सक्छन् भन्नुभयो,के सम्भव हुन्छ?

धेरै मानसिक समस्या भएका व्यक्तिहरुले अन्दाज गर्दागर्दै सास छोडेका  हुन्छन् । यसले आत्महत्या त नगर्ला भन्दाभन्दै मरिसकेको हुन्छ । मानसिक समस्या भएकामध्ये आत्महत्या गर्ने भनेका मेजर डिप्रेसन भएकाहरु, एड्जस्टमेन्ट डिसअडर, स्किजोफ्रेनिया, बाइपोलर डिसअडर भएका वा आवेग नियन्त्रण गर्न नसक्नेहरुले आत्महत्या गर्न सक्छन् भन्ने कुरा परिवारहरुले थाहा पाउनुपर्छ । आत्महत्या गर्ने मान्छेहरुले गुगलमा  आत्महत्या कसरी गर्ने भनेर खोज्छ । आत्महत्याका लागि डोरी किनेर ल्याउँछ, मर्न पाएँ भने ठीक हुन्थ्यो भन्छ । जहिले पनि उराँठलाग्दो हुन्छ । धेरै दुःखी हुने, हाँस्न पनि सक्दैन । एकैछिन मात्र ठीक भए जस्तो गर्छ । एकदम विरक्त लाग्ने कुरा मात्रै गर्छ भने यसले कुनै पनि बेला आत्महत्या गर्नसक्छ भनेर थाहा पाउनुपर्छ । कोही व्यक्त्ति बिनाकारण अचानक खुसी हुन थाले, अचानक दङ्ग परे भने यो आजभोलिमा मर्दैछ पो छ कि भनेर आशंका गर्नुपर्छ। किनभने त्यस्ता मानसिक समस्या भएका व्यक्तिमा म अब मर्दै छु किन दुःखी हुने भनेर आनन्दित हुने स्थिति देखापर्ने हुन्छ । अर्को कुरा कहिल्यै ऋण नतिर्नेले अचानक तिर्न थाल्यो,  सबैसँग सरी भन्न थाल्यो, कतिलाई गल्ती भयो, माइन्ड नगर है भनेर भन्न थाल्छ भने त्यस्ता मानिसले तत्कालै एक दुई मिनेट वा एक दुई घण्टामा आत्महत्या गर्छन् । सामाजिक सञ्जालमा स्टास्टस लेखेर सबैलाई बाइबाई गर्ने यस्तैयस्तै सङ्केत उनीहरुले दिन्छन् ।

आत्महत्या गर्ने मानिसले धेरैले सङ्केत दिन्छन् । तर सबैले बुझ्दैनन् । त्यसैलेतिनको पहिचान गर्न सिक्नु जरुरी छ ।मानसिक रोगीहरुले सङ्केत देखाउन थाले भने औषधि उपचार,परामर्शतिर लाग्नुपर्छ ।

आत्महत्या गर्ने मानिसले धेरैले सङ्केत दिन्छन् । तर सबैले बुझ्दैनन् । त्यसैले तिनको पहिचान गर्न सिक्नु जरुरी छ । मानसिक रोगीहरुले सङ्केत देखाउन थाले भने औषधि उपचार, परामर्शतिर लाग्नुपर्छ । जति सामान्य अवस्थाका मानिसलाई बाँच्न मन हुन्छ नि जटिल मानसिक समस्या भएका मानिसलाई त्यति नै मर्न मन लाग्छ ।  

कोभिडले निम्त्याएको मानसिक रोगमनोपीडा अब कसरी कम गर्न सकिन्छ?

मानसिक रोग लाग्नबाट बचाउने पहिलो भूमिका परिवारको हुन्छ । मनोपीडा भएका मानिसले बोल्ने कुरा, गर्ने व्यवहारलाई सामान्य ठानियो भने अब पीडा सुरु हुन्छ । जति मानिसहरुले आत्महत्या गरेको छन् ती आत्महत्या गर्नेका नजिकका आफन्तलाई यसले आत्महत्या गर्छ कि भन्ने कुराको संकेत पहिल्यै पाएका हुन्छन् । मानिसले आत्महत्या गरिसक्छ अनि बल्ल मलाई थाहा थियो, यसले आत्महत्या गर्छ भन्ने भन्छन् । तर त्यो कुरा आफन्तको मनमा हुन्छ बाहिर भन्दैनन् । उनीहरुले उपचार गर्न तथा रोक्न सकेनन् ।

धेरै मानसिक रोग र आत्महत्या परिवारको सहयोगमा रोक्न सकिन्छ । श्रीमतीलाई थाहा हुन्छ,श्रीमानले किन आत्महत्या गर्यो भनेर,यस्तै श्रीमतीले आत्महत्या गरिन् भने के कारणले गरिन् भन्ने कुरा थाहा हुन्छ ।

धेरै मानसिक रोग र आत्महत्या परिवारको सहयोगमा रोक्न सकिन्छ । श्रीमतीलाई थाहा हुन्छ, श्रीमानले किन आत्महत्या गर्यो भनेर, यस्तै श्रीमतीले आत्महत्या गरिन् भने के कारणले गरिन् भन्ने कुरा थाहा हुन्छ । मानसिक समस्या देखियो भने, आत्महत्या गर्न खोज्यो भने रोक्ने तरिका सबैलाई थाहा हुँदैन । तनाव, डिप्रेसन, एन्जाइटी, बाइपोलार, कडा खालको मानसिक समस्या भएकालाई परिवार तथा आफन्तले बुझाउन नसक्ने समस्या भएकाले गाह्रो भयो । धेरैले मनोपीडा बुझ्न नसक्दा मनोरोगी ह्वात्तै बढे ।

मनोरोग समाधानको उपाय मुख्यतः दुईवटा हुन्छन् । यसलाई साथ दिने थप तीनवटा हुन्छन् । एउटा इमर्जेन्सी हुन्छ । त्यसमा दुईवटामा औषधि र साइकोथेरापी अर्थात् मनोपरामर्श हुन् । यसलाई साथ दिने भनेको पारिवारिक प्रेम, सोच परिर्वतन र सामाजिक साथ हो । मनोरोगीका लागि यी कुराले साथ दिए पुग्छ ।

सरकारले शारीरिक रोगलाई जति प्राथमिकता दिएको छ मानसिक रोगीलाई खासै वास्ता गरेको पाइँदैन । ४० देखि ५० लाखको हाराहारीमा मनोरोगी छन् भन्ने सरकारी आँकडा छ । करिब २ सय ५० जना साइक्याट्रिक छन् । मानसिक रोगका लागि जनचेतना फैलाउन अति आवश्यक छ ।

मानसिक रोगको सम्बोधनबिना शारीरिक रोगलाई मात्रै प्राथमिकता दिएर समस्या समाधान हुँदैन । किनभने अस्पतालमा शारीरिक समस्या लिएर गएका ४ जनामध्ये एकजनामा सामान्यतः जटिल खालको मनोरोगी हुन्छ ।

कक्षा ९ र १० मा मानसिक रोगको बारेमा पाठ्यक्रम राख्नुपर्छ । पाठ्यक्रम बनाएर शिक्षा दिन सकेमा सामान्य मानसिक रोगको पहिचान, उपचार आफैँ गर्न सक्छन् । स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा कार्यररत अनमी, हेल्थ असिसटेन्सलाई पनि सामान्य मानसिक समस्या देखिएकाहरुलाई औषधि दिन सक्ने, परार्मश दिन सक्ने बनाउनुपर्छ । यस रोगका बारेमा जनचेनता फैलाउन सके पनि २५ प्रतिशत मानसिक समस्या आफैँ निको हुन्छ । मानसिक रोगको सम्बोधनबिना शारीरिक रोगलाई मात्रै प्राथमिकता दिएर समस्या समाधान हुँदैन । किनभने अस्पतालमा शारीरिक समस्या लिएर गएका ४ जनामध्ये एकजनामा सामान्यतः जटिल खालको मनोरोगी हुन्छ । तिनीहरूका लागि मानसिक स्वास्थ्यका विषयमा व्यापक बहस गर्न जरुरी हुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.