शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट विदेशमा थप ३ को मृत्यु

आइतबार, १९ पुस २०७७, १० : ५२
आइतबार, १९ पुस २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल संख्या ३ सय १५ पुगेको  छ ।  

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने  २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप