केन्द्रीय संस्करण

बिकनी अवतारमा यस्तो देखिइन् निया

person explore access_timeपुस १९, २०७७ chat_bubble_outline0

भारतीय टेलिभिजन अभिनेत्री निया शर्मा आफ्ना बोल्ड तस्विरहरुका कारण चर्चा रहन्छिन् । भर्खरै उनले शेयर गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा निया शर्मा कालो विकिनीमा समून्द्री किनारमा पोज दिँदै गरेको देखिन्छिन् ।

यी तस्विरहरु अत्याधिक शेयर भएका छन् । निया शर्माका समर्थकहरु उनको तारिफ गरेर थाकेका छैनन् । केही दिनअघि आफ्नो बर्थडे केकका कारण निया ट्रोलको शिकार बनेकी थिइन् । समर्थकहरुले केकलाई ‘अस्लिल’ भन्दै उनको मज्जाले ट्रोल गरेका थिए । जवाफमा नियाले लेखेकी थिइन्, ‘म आफैंलाई तनावबाट मुक्त गर्नका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छु । सामाजिक सञ्जाललाई म एक रमाइलोका रुपमा लिन्छु । मलाई कोही कसैसँग बहस गर्ने कुनै शोख छैन । न त बेकारको विवादमा फस्ने शोख नै छ ।’

नियाले अगाडि थपेकी थिइन्, ‘मलाई कुनै कुराको सफाई दिनुछैन । म इन्स्टाग्राममा नयाँ चिज सिक्ने कोसिस गर्छु । धेरै पेजहरु हेर्छु, जसबाट केही सिक्न सकुँ । चाहे त्यो मेकअपसँग जोडिएको कुनै पेज होस् वा हेयरस्टाइलिङसँग जोडिएको । म आफ्नो समय यी चिजमा लगाउन चाहन्छु, न कि कुनै बेकार कुरामा ।’
सन् २०१० मा ‘काली–एक अग्नीपरीक्षा’ नामक टेलिशृंखलामा अनु नामकी युवतीको भूमिका निर्वाह गर्दै उनले अभिनयमा डेब्यु गरेकी थिइन् । ‘एक हजारों में मेरी बहेना हैं’ शृंखलामा निभाएको मान्वी नामक पात्रले उनलाई चर्चित बनाएको हो । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.