बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डीएभी कलेजले सम्पन्न गर्यो ‘प्रथम वार्षिक भ्लग फेस्ट’, विजेताले पाए १५ हजार नगद पुरस्कार

आइतबार, १९ पुस २०७७, १८ : १६
आइतबार, १९ पुस २०७७

ललितपुर । डीएभी कलेजले प्रथम वार्षिक भ्लग फेस्ट (२०२० सम्पन्न गरेको छ। फेस्टका विजेताहरुलाई कलेजले पुरस्कार वितरण गरेको हो । ७ वटा विधामा विजेता विद्यार्थीलाई सम्मान पत्र र नगद १५ हजारसम्मको पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ । 

यस भ्लग प्रतियोगितामा आफ्नो भिडियो बुझाउनको लागि सहभागी विद्यार्थीलाई करिब १० दिनको समय दिइएको थियो। उक्त भिडियो भ्लगमा उनीहरुले तनावयुक्त समयमा पनि सृजनशिलताको माध्यमबाट कसरी आशावादी रहन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्नुपर्ने थियो। यस क्रममा जम्मा १५० वटा भ्लग बुझाइएका थिए, जसमध्ये २८ वटालाई प्रतिस्पर्धाको निमित्त उचित ठानिएको थियो। 

फेसबुकलाई माध्यम बनाइएको यस प्रतियोगितामा उनीहरुको भिडियो पोस्टहरुले कैयौं सेयर र सैयौं लाइक पाएका थिए। यसैगरि, उनीहरुको भिडियोलाई हजारौं मानिसले हेरेका थिए र अनलाइन माध्यमहरुका मार्फत यो कार्यक्रम विद्यार्थी युवा समूहहरु माझ निकै चर्चित बन्न पुगेको थियो । 

डीएभी कलेजका अध्यक्ष अनिल केडियाले एउटा भ्लगले कुनै विषयवस्तुलाई प्रवर्धन नगरिकन त्यसको बारेमा निष्पक्ष मत दिनुपर्ने बताए । उनले भने, ‘मेरा विद्यार्थीहरूले यो कुराको महत्व राम्रोसँग बुझेको पाएँ। भ्लगहरु मध्ये मलाई विभिन्न पृथक जीवनशैली र हाम्रो नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता झल्काउने दृष्य तथा सन्दर्भहरुले विषेश ध्यानाकर्षण गरेको थियो।’

कार्यक्रममा डा. डिल्लीराज शर्माले भने, ‘म्यानेजमेन्ट स्टडिज् एउटा यस्तो विषय हो, जसलाई बुझ्न यसका बहु रअन्तर विषयवस्तुसँगको सम्बन्धलाई बुझ्न जरुरी हुन्छ। यो ज्ञानको माध्यमबाट समाज र मानव व्यवहारलाई बुझेर त्यसमा प्रभाव पार्न सक्नु यसकोअर्कोआयाम हो। जब मैले प्रतिस्पर्धी विद्यार्थीका भ्लग देखेँ, तब मैले उनिहरुको काममा यस चिन्तनको राम्रो उदाहरणहरु पाएँ, जसमा उनिहरुकोआधुनिक र सृजनशिल प्रयोग समेत देख्न पाइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप