शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घर बन्छ, घरहरु भत्कन्छन्

सोमबार, २० पुस २०७७, १३ : १४
सोमबार, २० पुस २०७७

मेरा एकजना मित्रको हालसालै कमलराज रेग्मीसँग भेट भएको रहेछ । उनले मलाई रेग्मीसित भएको कुराकानीको प्रसंग सुनाएका थिए । जसलाई म तल दिंदैछु ।

नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनमा पाल्पाको किसान आन्दोलनले अत्यन्तै ठूलो महत्त्व राख्दछ । त्यो किसान आन्दोलनका संगठनकर्ता र नेता कमलराज रेग्मी हुनुहन्थ्यो । २०१७ साल पुस ३ गते उहाँ जेलमा पर्नुभयो र केही वर्षपछि जेलबाट छुटेपछि पञ्चायती व्यवस्थामा सामेल हुनुभयो । पाल्पाबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएपछि उहाँलाई तलबको पेश्की मिल्यो । त्यही पैसाले उहाँले पाल्पा मेहलधाराको आफ्नो पुरानो र सानो घर भत्काएर नयाँ र ठूलो घर बनाउनुभयो ।

‘अहँ, म त कुनै नयाँ घर बनेको देख्दिनँ । म त मेहलधाराका सबै घर भत्केको देख्छु । हेर्नुहोस् कमलजी, पहिले मेहलधाराका सबै घरहरु तपाईंका थिए । सबै घरहरुमा तपाईंको स्वागत हुन्थ्यो । अनि भन्नुहोस् कमलजी, पाल्पाको कुन घर तपाईंको आफ्नो थिएन ? तर अब तपाईंका लागि सबै घरका ढोकाहरु बन्द छन् । तपाईंका लागि मेहलधारामा मात्रै होइन, पाल्पाका सबै घरहरु भत्किसकेका छन् ।’

एकदिन उहाँ पाल्पाको टुँडिखेलमा घुम्दै हुनुहुन्थ्यो । त्यहाँबाट उहाँको नयाँ घर देखिन्थ्यो । त्यहीबेला उहाँको पाल्पाका एक जना प्रसिद्ध बाद्यबादक र संगीतज्ञ प्राणप्रसादसित भेट भयो । कमलजीले उहाँलाई मेहलधाराको आफ्नो घर देखाउँदै सोध्नुभयो, ‘प्राणप्रसाद, मैले घर बनाएँ नि । तपाईं मेरो घर यहाँबाट देख्नुहुन्छ ?’

‘अहँ, म त कुनै नयाँ घर बनेको देख्दिनँ । म त मेहलधाराका सबै घर भत्केको देख्छु । हेर्नुहोस् कमलजी, पहिले मेहलधाराका सबै घरहरु तपाईंका थिए । सबै घरहरुमा तपाईंको स्वागत हुन्थ्यो । अनि भन्नुहोस् कमलजी, पाल्पाको कुन घर तपाईंको आफ्नो थिएन ? तर अब तपाईंका लागि सबै घरका ढोकाहरु बन्द छन् । तपाईंका लागि मेहलधारामा मात्रै होइन, पाल्पाका सबै घरहरु भत्किसकेका छन् ।’

प्राणप्रसादको त्यो भनाइमा कमलराज रेग्मीले कम्युनिष्ट पार्टीलाई छाडी पञ्चायती व्यवस्थामा सामेल भएर प्राप्त गरेको सम्पूर्ण पद, प्रतिष्ठा र सम्पन्नताप्रति गहिरो, सही र सटिक आक्रोश र व्यंग्य लुकेको थियो । कति गम्भीर अर्थ अन्तरनिहित थियो, त्यो भनाइमा ? कति मार्मिक थियो त्यो अभिव्यक्ति ? रेग्मीजी पाल्पामा अत्यन्तै लोकप्रिय र सम्मानित नेता हुनुहुन्थ्यो । तर उहाँ पञ्चायती व्यवस्थामा सामेल भएपछि उहाँप्रतिको हार्दिकता, आत्मीयता र सम्मान समाप्त भयो । जनताका बीचमा उहाँको उच्च स्थान थियो, त्यसबाट धेरै तल झर्नुभयो । प्राणप्रसादको भनाइले जनताको बीचको उहाँप्रतिको त्यो सम्पूर्ण भावनाको प्रतिनिधित्व गर्दथ्यो ।

मेरा मित्रसित भएको कुराकानीमा कमलजीले विश्वेश्वरको मृत्युपछिको एउटा अर्काे प्रसंगको पनि उल्लेख गर्नुभएको थियो । उहाँ एक दिन पाल्पाका एक जना शिक्षकसित कतै जाँदै हुनुहुन्थ्यो । ती शिक्षकले उहाँलाई अकस्मात भनेका थिए, ‘कमल दाइ, तपाईं जेलमै मरेको भए राम्रो हुन्थ्यो ।’

रेग्मीजी पाल्पामा अत्यन्तै लोकप्रिय र सम्मानित नेता हुनुहुन्थ्यो । तर उहाँ पञ्चायती व्यवस्थामा सामेल भएपछि उहाँप्रतिको हार्दिकता, आत्मीयता र सम्मान समाप्त भयो । जनताका बीचमा उहाँको उच्च स्थान थियो, त्यसबाट धेरै तल झर्नुभयो । प्राणप्रसादको भनाइले जनताको बीचको उहाँप्रतिको त्यो सम्पूर्ण भावनाको प्रतिनिधित्व गर्दथ्यो ।

‘मरेको भए, किन ? के भनेको यो ?’ ‘तपाईं छुटेर पञ्चायती व्यवस्थामा सामेल हुनु भन्दा तपाईं जेलमै मरेको भए आज कांग्रेसीहरुले विश्वेश्वरको नाम लिए झैं हामीले पनि गर्वपूर्वक तपाईंको नाम लिन सक्थ्यौं ।’ प्राणप्रसाद वा शिक्षकहरुसँग भएका उक्त कुराहरु बताउँदा रेग्मीजीका मुखमा दुःख र पीडाको भाव थियो । शायद ती कुराहरुले उहाँको मनलाई भित्रसम्म घाउ पारेका थिए । शायद आज पनि त्यो घाउ चस्कने गर्दछ होला । वर्षाैंसम्म पनि दुःख र पीडाका साथ उक्त कुराहरु दोहोर्‍याउनुको अर्थ शायद यही हो कि कम्युनिष्ट पार्टी छोडेर पञ्चायती व्यवस्थामा सामेल भएकोमा उहाँको मनमा, मनको एउटा अन्तरात्मामा केही दुःख, पीडा, र पश्चातापको भाव छ ।

कमलजीलाई भेटेर आउने मेरा मित्रले उहाँलाई सोधेका थिए, ‘अब के गर्दै हुनुहुन्छ ?’ ‘अब केही गर्ने उत्साह र जाँगर छैन । मन लागेको बेलामा केही पढ्छु, केही लेख्छु । नत्र चुपचाप शान्तिपूर्वक बस्छु । आफैंप्रति एक प्रकारको खिन्नता छ, आत्मग्लानि...’

‘किन ? त्यसको कारण के हो ?’

‘विचलन ∕ विचारबाट विचलित भएपछि त्यस्तो हुँदोरहेछ ।’

मेरा मित्रले कमलजीसित भएको कुराकानीको त्यो प्रसंग सुनाएपछि मेरा मनमा कैयौं कुराहरु खेल्न थाले । खास गरेर प्राणप्रसादको ‘भत्केका घरहरु’को प्रसंगले मलाई धेरै नै छोयो । कमलराज रेग्मी एक जनाको मात्रै कुरा होइन । आज त्यसप्रकारका साथीहरुको संख्या कम छैन, जो आफ्नो घर बनाउका लागि पार्टी वा सिद्धान्तबाट अलग हुन्छन् या मुट्ठीभर पैसा, पद, केही सुख, केही सम्पन्नता वा पार्टी जीवनका दुःखकष्ट, अनिश्चित जीवन र भविष्यका गर्भमा लुकेका आपतहरुबाट बच्नका लागि प्रतिक्रियावादी व्यवस्थामा मिल्न जान्छन् । तर उनीहरुको जीवनमा पार्टी र क्रान्तिको पक्षले गौण र व्यक्तिगत जीवन वा घर बनाउने, परिवारलाई सम्पन्न बनाउने वा जीवनका व्यक्तिगत समस्याहरुलाई समाधान गर्ने कार्यहरुलाई नै प्राथमिकता दिइरहेका हुन्छन् । सायद त्यसलाई आफ्नो सफलता वा जीवनको उपलब्धि ठानेर धेरै टाढा हुँदै गइरहेका हुन्छन् । शायद त्यसलाई आफ्नो सफलता वा जीवको उपलब्धि ठानेर दंग पर्दछन् । तर वास्तविकता के हो ? त्यो कुरा त्यो बेला नै उदांगिन्छ, जब उनीहरुको सामना प्राणप्रसादजस्ता व्यक्तिहरुसित हुन्छ । तर त्यस्ता कुराहरुले खालि उनीहरुलाई मात्र छुन्छ वा चोट पुर्‍याउँछ, जसको आत्मा अझै जीवित हुन्छ । जसको आत्मामा कतै कुनै कुनामा कम्युनिष्ट सिद्धान्त, पार्टी वा आन्दोलनप्रति केही न केही आस्था, माया, इमान्दारी वा सम्मानको भावना दबेर वा लुकेर बसेको हुन्छ, जसका मनमा ती सबैबाट विचलित भएकोमा केही पश्चातापको भावना हुन्छ । तर जो आन्तरिक रुपले र सम्पूर्ण रुपले नै पतीत भइसकेका हुन्छन्, उनीहरुलाई सयकडौं, हजारौं प्राणप्रसादका कुराहरुले वा बज्रवाणहरुले छुन्नन् र छुन सक्दैनन् ।

प्राणप्रसादको ‘भत्केका घरहरु’को प्रसंगले मलाई धेरै नै छोयो । कमलराज रेग्मी एक जनाको मात्रै कुरा होइन । आज त्यसप्रकारका साथीहरुको संख्या कम छैन, जो आफ्नो घर बनाउका लागि पार्टी वा सिद्धान्तबाट अलग हुन्छन् या मुट्ठीभर पैसा, पद, केही सुख, केही सम्पन्नता वा पार्टी जीवनका दुःखकष्ट, अनिश्चित जीवन र भविष्यका गर्भमा लुकेका आपतहरुबाट बच्नका लागि प्रतिक्रियावादी व्यवस्थामा मिल्न जान्छन् ।

कमलराज रेग्मीको, स्वयं उनले बताएझैं कम्युनिष्ट पार्टी र आन्दोलनबाट विचलन भइसकेको छ । तर यस सन्दर्भमा यो प्रश्नको अत्यन्तै गम्भीर अर्थ राख्छ र छानविनको माग गर्दछ, आखिर उहाँजस्ता कम्युनिष्टको पलायन किन हुन्छ ? डा. केशरजंग रायमाझी र कमलराज रेग्मी दुवै पाल्पाका कम्युनिष्ट नेता हुन् । दुवै जना कम्युनिष्ट आन्दोलनबाट हटे । तर पहिलाको (रायमाझी) पतन कुनै आश्चर्यको कुरा होइन । उनको स्वभाव र चरित्रमा त्यसप्रकारको पतनको स्रोत अन्तरनिहित थियो । तर कमलराज रेग्मीको बारेमा त्यो कुरा सत्य होइन । उहाँ प्रारम्भदेखि नै ग्रामीण वर्गसंघर्षमा खारिंदै आएको लडाकू र संघर्षशील नेता हुनुहुन्थ्यो । किसान संघर्षका बीचबाट लोकप्रिय हुँदै र खारिंदै उहाँ आउनुभएको थियो । सिद्धान्त, पार्टी र क्रान्तिप्रतिको उहाँको इमानदारी, सच्चाइ र समर्पणको स्पीरिटमा कुनै शंका थिएन । तैपनि उहाँको किन विचलन भयो ? किन उहाँको पार्टी जीवनमा स्थायित्व रहेन ? किन उहाँ एउटा शिक्षकले उहाँलाई भने झैं जेलमा नै नमरे पनि बाँचुञ्जेल सिद्धान्त, पार्टी र क्रान्तिप्रति  उहाँको निरन्तरता रहेन ? किन आफ्नो नयाँ र अग्लो घर बनाउन, प्राणप्रसादले भनेझैं मेहलधारा, तानसेनबजार र पाल्पाका आफ्ना सबै घरहरु भत्काउन पुग्नुभयो ? यी सबै प्रश्नहरुले ती सबैका लागि गम्भीर अर्थ र महत्व राख्दछन्, जो अझै सिद्धान्त, पार्टी र क्रान्तिप्रति सच्चा, इमान्दार र सक्रिय छन् ।

कमलराजजस्तो किसानहरुको वर्गसंघर्षका बीचबाट खारिएको अध्ययनशील कम्युनिष्टको त त्यसरी विचलन भयो भने आजका हाम्रा थुप्रै पार्टी सदस्यहरु जो वर्गसंघर्षबाट मात्र होइन, सामान्य जनसंघर्षबाट पनि अलग भएका छन् र जसको अध्ययन सामान्य पत्रपत्रिकाहरुको उपरी र सरसरी अध्ययनसम्म मात्रै सीमित रहने गरेको हुन्छ, त्यस्ता पार्टी सदस्यहरुको विचलनको खतरा कमलराज रेग्मीमा भन्दा कैयौं गुणा बढी हुन्छ । कमलराज रेग्मी जस्तो स्थिति अगाडि आयो भने कतिजना त्यो ठक्करबाट बच्ने हुन् ? त्यो भयानक प्रश्न हाम्रो अगाडि छ । कमलराज रेग्मीको जीवन त अत्यन्तै गरिबी र कष्टको जीवन थियो । केन्द्रीय पार्टीको विघटन, बाहिर पार्टीबाट कुनै निर्देशन वा सहायताको अभावको स्थितिमा त्यसप्रकारको विचलन भएको थियो । तर हामीले गत कालको अवस्था हेर्‍यौं भने हाम्रा थुप्रै कमरेडहरुले त्योभन्दा अत्यन्तै कम प्रतिकूल अवस्थामा निस्कृय हुने वा पलायन हुने गरेको पाउँछौं । आजको देशको कम्युनिष्ट आन्दोलनको रद्दीको टोकरी, जसलाई एमालेले देशको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह (?) भनी नामाकरण गरेको छ, मा फ्याँकिन पुगेका छन् ।

कमलराजजस्तो किसानहरुको वर्गसंघर्षका बीचबाट खारिएको अध्ययनशील कम्युनिष्टको त त्यसरी विचलन भयो भने आजका हाम्रा थुप्रै पार्टी सदस्यहरु जो वर्गसंघर्षबाट मात्र होइन, सामान्य जनसंघर्षबाट पनि अलग भएका छन् र जसको अध्ययन सामान्य पत्रपत्रिकाहरुको उपरी र सरसरी अध्ययनसम्म मात्रै सीमित रहने गरेको हुन्छ, त्यस्ता पार्टी सदस्यहरुको विचलनको खतरा कमलराज रेग्मीमा भन्दा कैयौं गुणा बढी हुन्छ । कमलराज रेग्मी जस्तो स्थिति अगाडि आयो भने कति जना त्यो ठक्करबाट बच्ने हुन् ? त्यो भयानक प्रश्न हाम्रो अगाडि छ ।

कम्युनिष्ट आन्दोलनबाट खालि किन केशरजंग रायमाझीजस्ता व्यक्तिहरुको मात्र होइन, कमलराज रेग्मीजस्ता व्यक्तिहरुको पनि पलायन हुने गर्दछ ? यो साँच्चिकै गम्भीर प्रश्न हो र यसमा व्यापक छलफलको आवश्यकता छ । शायद त्यसप्रकारको छलफल वा त्यसबाट प्राप्त हुने जवाफले भविष्यमा कमलराजजस्ता व्यक्तिहरुलाई विचलन वा पतनबाट बचाउन मद्दत गर्नेछ । त्यसप्रकारको आशा गर्नु त आदर्शवादी सोचाइ नै हुनेछ, तैपनि त्यो दिशामा गरिने सचेत प्रयत्नले शायद त्यसप्रकारको नकारात्मक सम्भावना वा त्यसबाट कम्युनिष्ट आन्दोलनलाई पुग्ने क्षतिमिाथि नियन्त्रण गर्नु काफी हदसम्म सम्भव हुनेछ ।

२०५३

टिप्पणी : प्रस्तुत लेख वाङ्गमय प्रज्ञा प्रतिष्ठान, पाल्पाद्वारा २०६६ सालमा प्रकाशित का. कमलराज रेग्मीको “आमा, म र पाल्पा” पुस्तकमा छापिएको थियो । यो लेख जहाँसम्म मलाई याद छ, पहिले “हाँक साप्ताहिक”को ‘विविध’ स्तम्भमा छापिएको थियो । त्यसलाई रेग्मीले आफ्नो पुस्तकमा समावेश गर्नुभएको थियो । स्वयम् उहाँको आलोचना गरेर लेखिएको त्यो लेखलाई उहाँले आफ्नो पुस्तकमा समावेश गरको कुराले गम्भीर अर्थ र महत्व राख्दछ । त्यसले बताउँछ कि आफ्नो गतकालको पार्टी जीवन छाडेर उहाँले जुन प्रकारको जीवन बाँचिरहनु भएको थियो, त्यसका लागि उहाँमा गहिरो मानसिक पीडा, अन्तर्द्वन्द्व र पश्चाताप पनि थियो ।

त्यसरी उहाँले आफ्नो मनको पीडालाई हल्का गर्ने र गतकालमा पार्टी छोडेको कार्यप्रति पश्चताप गर्ने कोशिस गर्नुभएको थियो ।

नेकपा (मसाल)को पार्टी सदस्यताका लागि दरखास्त दिने बेलामा उहाँले मसँग भन्नुभएको थियो, “पहिले (२०१० सालमा) मैले पार्टीको सदस्यताका लागि तपाईंको दरखास्त लिएको थिएँ, अहिले पार्टीको सदस्यताका लागि मैले तपाईंलाई दरखास्त दिंदैछु ।” त्यो भन्ने बेलामा उहाँ धेरै नै भावुक र मर्माहित भएको देखिन्थ्यो । इतिहासले एउटा गोलचक्कर लगाएको थियो । तैपनि यो सन्तोष र प्रसन्नताको कुरा थियो कि पार्टीको टुटेको एउटा महत्वपूर्ण कडी पुनः पार्टीसित जोडिएको थियो । हाम्रो पार्टीको पोलिटव्युरोले त्यो दरखास्त स्वीकार गरेर उहाँलाई समर्थक ग्रुपमा राख्ने ठेगान गरेको थियो । उहाँको स्वास्थ्यको कारणले उहाँ सक्रिय हुन सक्ने अवस्थामा हुनुहुँदैनथ्यो । तैपनि उहाँले बाँचुञ्जेलसम्म पार्टीको लागि नियमित रुपले लेवी पनि दिने गर्नुहुन्थ्यो । त्यसले उहाँको पार्टीप्रतिको आस्थालाई नै बताउँथ्यो । वि.सं. २०७४ सालमा उहाँको निधन भयो । उहाँले पहिले पार्टीका साथीहरुसित यो इच्छा प्रकट गर्नुभएको थियो : ‘म मरेपछि मेरो शवमा पार्टीको झण्डा ओेढाइदिनु ।’ पार्टीको नियमअनुसार कुनै पार्टी पार्टीको सदस्य वा समर्थकको पनि उसको मृत्युपछि उसको नाम सार्वजनिक गर्ने, पार्टीको झण्डा ओढाउने चलन हुन्छ । उहाँको निधनपछि उहाँले पार्टीको सदस्यताका लागि दरखास्त दिएको कुरा त सार्वजनिक गर्‍यौँ तर उहाँको शवमा पार्टीको झण्डा ओढाउने काम हुन सकेन । किनभने उहाँको परिवार त्यसका लागि सहमत भएन । त्यसकारण हामीले पार्टीको नियम र उहाँको अन्तिम इच्छालाई पूरा गर्न सकेनौँ ।

नेकपा (मसाल)को पार्टी सदस्यताका लागि दरखास्त दिने बेलामा उहाँले मसँग भन्नुभएको थियो, “पहिले (२०१० सालमा) मैले पार्टीको सदस्यताका लागि तपाईंको दरखास्त लिएको थिएँ, अहिले पार्टीको सदस्यताका लागि मैले तपाईंलाई दरखास्त दिंदै छु ।” त्यो भन्ने बेलामा उहाँ धेरै नै भावुक र मर्माहित भएको देखिन्थ्यो । इतिहासले एउटा गोलचक्कर लगाएको थियो ।

यो लेखमा कमलराज रेग्मीको विचलनको जुन आलोचना गरिएको छ, त्यो आलोचनाले उहाँको व्यक्तिगत आलोचना मात्र नभएर त्यो सम्पूर्ण कम्युनिष्ट आन्दोलनमा देखापर्ने विचलनसित सम्बन्धित छ ।

वास्तवमा प्रश्न यो मात्र होइन कि का. कमलराज रेग्मीको “घर बन्दछ, घरहरु भत्कन्छन्” वास्तवमा सम्पूर्ण विश्व र नेपालको पनि कम्युनिष्ट आन्दोलनमा घर बन्ने र घरहरु भत्कने काम व्यापक रुपमा भइरहेको छ । कैयौँ देशहरुमा ठूला ठूला कम्युनिष्ट पार्टीहरु बने वा समाजवादी राज्यहरुको निर्माण भयो तर ती घरहरु भत्कदै गए । त्यो वास्तविकताको एउटा अस्थायी र गौण पक्ष मात्र हो । अन्तमा विश्वमा समाजवादी व्यवस्थाको भव्य महल निर्माण हुने कुरामा हामी पूरा विश्वस्त छौं ।

(मोहनविक्रम सिंह, २०७७ पुस २०, काठमाडौं)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनविक्रम सिंह
मोहनविक्रम सिंह
लेखकबाट थप