बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिनाले सेयर गरेको फोटोमा विकी कौशलको छायाँ, पछि डिलिट गरिन् तर कसैबाट लुक्न सकेन

मङ्गलबार, २१ पुस २०७७, ०९ : ३०
मङ्गलबार, २१ पुस २०७७

कट्रिना कैफ बहिनी इसाबेलसँग नयाँ वर्ष मनाउन अलिबाग गएकी थिइन् । यतिबेलाको तस्बिर उनीहरुले सोसल मिडियामा सेयर गरिन् । तर केही मिनेटपछि नै यसलाई डिलिट गरियो । तर डिलिट गरिएको फोटो प्रशंसकले भाइरल बनाइदिए । 

प्रशंसकले सोसल मिडियामा सेयर गरे स्क्रिन सटः

कट्रिनाले फोटो डिलिट गरेपछि उनका प्रशंसकले विकीलाई देखाउँदै थुप्रै स्क्रिन सट सोसल मिडियामा सेयर गरेका छन् । यसमा इसाबेलको पछाडि लागेको सीसामा विकी कौशलको छायाँ देखिएको थियो । इसाबेल नजिकै कट्रिना बसिरहेकी छिन् । कट्रिनाले सुरुमा यो फोटो सेयर गरिन् र पछि डिलिट गरेपछि चर्चाले थप बल पायो जसमा यो भनिँदै छ कि कट्रिना र विकी एक–अर्कालाई डेट गरिरहेका छन् । 

थुप्रैले यो मानिरहेका छन् कि कट्रिना र विकी आफ्ना दाजुभाइ दिदीबहिनसिँग नयाँ वर्षको उत्सव मनाउन सँगै गएका थिए । 

भिकक्याट नामका एक प्रयोगकर्ताले विकी कौशलका नीजि शेफसँग कट्रिना कैफ र उनकी बहिनी इसाबेलसँगको फोटो कोलाज सेयर गरेका छन् । जसमा लेखिएको छ, ‘कट्रिना र उनकी बहिनी इसा, विकी कौशलको पर्सनल शेफसँग, अरु के चाहियो र । प्रमाण नै प्रमाण छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप