शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २९ वटा समूह गठन

मङ्गलबार, २१ पुस २०७७, १७ : २२
मङ्गलबार, २१ पुस २०७७

कञ्चनजंघा । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्र्तगत ११८ समूहमध्ये मङ्गलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका छन् । परिषद्को पाँच वर्ष कार्यावधि र थप एक वर्ष कार्यावधि गत जेठ २८ मा समाप्त भएपछि परिषद्सँगै सबै समूह  विघटन भएको थियो । 
  
फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गत लालीगुराँस उपभोक्ता समितिभित्र १४ मध्ये चार समूह निर्वाचन प्रक्रियाबाट र पाँच समूह सहमतिबाट गठन भएको छ । लालीगुराँस उपभोक्ता समितिअन्तर्गत आमा समूह १३ छन् । तीमध्ये एउटा निर्वाचन प्रक्रियाबाट र पाँच सहमतिबाट गरी कूल ६ आमा समूह गठन भएका छन् । 

सामुदायिक वन उपभोक्ता समूह नौ मध्ये तीन निर्वाचन प्रक्रियाबाट र तीन सहमतिबाट गरी कूल छ सामुदायिक वन उपभोक्ता समूह गठन प्रक्रिया पूरा गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण व्यस्थापन परिषद्का कार्यक्रम साहायक जीतेन चेम्जोङले बताए । उनले आमा समूह दुई, उपभोक्ता समूह एक र सामुदायिक वन दुई गरी कूल पाँच समूह आज गठन हुने जानकारी दिए ।

यसैगरी सिरिजङ्घा गाउँपालिकाअन्तर्गत कञ्चनजङ्घा उपभोक्ता समितिमा पाँच समूहमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको छ । आमा समूह चारमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको परिषद्का लेखा अधिकृत मनकुमार लिम्बूले जानकारी दिनुभयो । कञ्चनजङ्घा उपभोक्ता समितिमा आज एक आमा समूह  र एक सामुदायिक वन गरी दुई समूह गठन हुने उहाँले जानकारी दिए । परिषद्को सात उपभोक्ता समितिअन्तर्गत उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामूदायिक वन उपभोक्ता समूह ३४ रहेका छन् । 

गत पुस १७ देखि माघ ८ गतेसम्म परिषद् अध्यक्षको निर्वाचन हुने समय तालिकामा उल्लेख छ । निर्वाचन प्रक्रियाबाट संरक्षण क्षेत्र व्यस्थापन परिषद्को अध्यक्ष निर्वाचित भएपछि परिषद्को गठन प्रक्रिया पूरा हुनेछ ।  कोरोना सङ्क्रमण जोखिमका कारण परिषद्को गठन प्रक्रिया रोकिएको थियो । गत १७ पुसदेखि ८ माघसम्ममा परिषद् गठन सम्पन्न गर्ने तयारी रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप