ad
केन्द्रीय संस्करण

सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

person explore access_timeपुस २१, २०७७ chat_bubble_outline0
file photo

कैलाली । कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ । धामीलाई आजै लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.