मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीले भने- चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार छ

बुधबार, २२ पुस २०७७, ०० : १२
बुधबार, २२ पुस २०७७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि युद्धका लागि तयार रहेको बताएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक लडाईको परिस्थितिमा जुध्नुपर्ने हुनसक्ने दाबी गर्दै सैनिक अभ्यास गर्न निर्देशन समेत दिएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार केन्द्रीय सैन्य आयोग(सिएमसी)को अध्यक्षता गर्दै राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सो निर्देशन दिएका हुन् । उनले जुनसुकै समयमा पनि युद्धका लागि तयार हुनुपर्ने भन्दै तयारी अवस्थामा रहन सेनालाई आदेश दिएका छन् । साथै उनले वास्तविक लडाईको परिस्थितिलाई ध्यानमा राख्दै सैन्य प्रशिक्षण गर्न र जसरी पनि युद्ध जित्ने तयारीमा रहन आदेश दिएका छन् । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार राष्ट्रपति सीले कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) का पिएलएले जुलाई १ सम्म उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । स्मरणरहोस्ः आगामी जुलाई १ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्ष पुग्ने महत्वपूर्ण दिन हो ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप