शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फाइबरले प्रतिरोधी क्षमता बलियो बनाउँछ र क्यान्सरको खतरा पनि कम हुन्छ, थाहा पाऔं यसका अन्य फाइदा

बिहीबार, ०१ माघ २०७७, २३ : ००
बिहीबार, ०१ माघ २०७७

जाडो मौसममा स्वस्थ रहनु एउटा ठूलो चुनौती हो । जाडोयाममा शरीरको आवश्यकतामा पनि परिवर्तन आउँछ । पौष्टिक तत्वको आवश्यकतामा पनि परिवर्तन आउँछ । शरीरले उसको हिसाबले पौष्टिक तत्व नपाएको खण्डमा शरीरमा पोषक तत्वको असन्तुलन हुनसक्छ जुन थुप्रै रोगको कारक तत्व बन्ने गर्छ । 

यो मौसममा हाम्रो शरीरलाई फाइबरको आवश्यकता अन्य दिनको तुलनामाभन्दा बढी हुन्छ । फाइबर हरियो पत्ता भएका सागसब्जीमा पाइने एक प्रकारको कार्बोहाइड्रेट हो । भारतकी डाइटिसियन निधी पाण्डेका अनुसार यदि तपाईं फाइबरयुक्त खानाको सेवन गरिरहनुभएको छ भने औसतभन्दा कम क्यालोरी बर्न हुनेछ । यदि शरीरमा औसतभन्दा कम क्यालोरी बर्न भइरहेको छ भने यसको अर्थ तपाईंको ऊर्जा स्टोर भइरहेको छ । जसका कारण तपाईं बढी सक्रिय रहनुहुनेछ र तपाईंको प्रतिरोधी क्षमता बलियो हुनेछ । 


फाइबर दुई प्रकारका हुन्छन्ः

फाइबरका दुई प्रकार हुन्छ, एउटा सोलुबल र अर्को इन्सोलुबल । 

१. सोलुबल फाइबर ती हुन् जसलाई हामी निकै सजिलै चपाउन सक्छन् । जस्तैः स्याउ, अम्बा इत्यादि । 

२. इन्सोलुबल फाइबर त्यो हुन्छ जसलाई हामी चपाउँछौं तर त्यसपछि पनि त्यो रेसाको रुपमा बसिरहन्छ जस्तै शख्खरखण्ड । 

– हामी खानमार्फत् दुई प्रकारको फाइबर लिन्छौं । यदि तपाईं आफ्नो खानालाई स्वस्थ बनाउन चाहन्छौं भने त्यसमा फाइबरलाई कुनै पनि हालतमा संलग्न गर्नुहोस् । धेरैजसो फाइबरयुक्त खानामा आवश्यक पौष्टिक तत्वको भरपुर मात्रा पाइन्छ । जुन हाम्रो शरीरका लागि थुप्रै अवस्थामा आवश्यक हुन्छ । 

खानामा फाइबर समावेश गर्नुका ५ फाइदाः

१. तौल घटाउन मद्दत गर्छः

हाम्रो शरीरले फाइबरलाई पचाउँदैन । यो हाम्रो आन्द्रामा लामो समयसम्म रहन्छ । यसले हाम्रो पेटलाई धेरै समयसम्म फूल राख्छ र यतिबेला हाम्रो शरीर कम क्यालोरी बर्न गर्छ । यतिबेला हामीलाई खासै धेरै भोक लाग्दैन वा आवश्यकताभन्दा बढी हामी खाँदैनौं । 

यसैकारण तौल घटाउनका लागि डाक्टर तथा डाइटिसियनले हरियो पत्तेदार सागसब्जी र सलाद खान सल्लाह दिन्छन् । तपाईं आफ्नो खानामा फाइबरयुक्त फल र सागसब्जी समावेश गर्न सक्नुहुन्छ । यसले तौल घटाउन निकै मद्दत गर्नेछ । 

२. मुटुका लागि फाइदाजनकः

यदि शरीरमा कोलेस्ट्रोलको स्तर बढी छ भने यो मुटुका लागि निकै खतरनाक हो । यसका कारण मुटुसँग जोडिएका रोग पनि निम्तिन सक्छ । फाइबरयुञ्m खाना खाँदा कोलेस्ट्रेल नियन्त्रणमा हुनेछ । शोधमा पाइए अनुसार उच्च फाइबर भएका खानालाई डाइटमा समावेश गर्दा मुटुरोगको सम्भावनालाई कम त गर्छ नै यसले मुटुलाई थप बलियो पनि बनाउँछ । 

३. रक्तचाप र सुगरका लागि प्रभावकारीः

उच्च रक्तचापको समस्या साधारण स्वास्थ्य समस्यामध्ये एक हो । यसका कारण हृदयघातको जोखिम बढ्ने गर्छ । फाइबरले भरिपूर्ण खानाले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले रक्तचाप मात्रै नभई ब्लड सुगर पनि नियन्त्रणमा राख्छ । 

४. कब्जियतको समस्या हटाउँछः

खानामा अत्यधिक फाइबर समावेश गर्दा पाचन क्रिया पनि बलियो रहन्छ । यसले कब्जियतजस्ता समस्याबाट छुटकारा दिलाउँछ । डा. निधिका अनुसार फाइबरले हाम्रो शरीरमा ब्रसको काम गर्छ । यसले शरीरको सबै टक्सिक लोडलाई कम गर्नु हो । 

५. क्यान्सरको जोखिममा कमीः

विभिन्न शोधमा सार्वजनिक भए अनुसार फाइबरलाई डाइटमा समावेश गर्दा कोलोरेक्टल क्यान्सरको खतरा कम हुनेगर्छ । फाइबरयुक्त धेरैजसो फलफूल तथा सागसब्जी एन्टिअक्सिडेन्ट र फोटोकेमिकलले भरपुर हुन्छ जसले क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्छ । 

फाइबरका सजिला स्रोतः

सौफ, दाल, अंजिर, जिरा, भुटेको सेतो तिल, ज्वानो, गहुँको चोकर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप