शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिकाका लागि रणवीरले राखे जन्मदिनको पार्टी, रणबीर–आलिया सरिक

बुधबार, २२ पुस २०७७, ०९ : ००
बुधबार, २२ पुस २०७७

बलिउड अभिनेत्री दीपिका पादुकोणले मंगलार आफ्नो ३५ औं जन्मदिन मनाइन् । बलिउड सेलिब्रिटी र उनका प्रशंसकले उनलाई सोसल मिडियामा जन्मदिनको शुभकामना दिइरहेका छन् । यो विशेष मौकामा दीपिकाले मुम्बईको रेष्टुरेन्टमा डिनर पार्टीको आयोजना गरिन् । यसका केही तस्बिर सार्वजनिक भएका छन् । 

उनको यो डिनर पार्टीमा बलिउडका चर्चित सेलिब्रिटीको उपस्थिती रह्यो । पार्टीमा रणबीर कपुर, आलिया भट्ट र उनकी बहिनी शाहिनको पनि उपस्थिती रह्यो । यी तस्बिरमा आलिया भट्ट कालो पहिरनमा देखिएकी छिन् । 

रणबीरको सिंगल फोटो पनि सार्वजनिक भएको छ । यसमा उनले सेतो सर्ट र कालो जिन्स लगाएका छन् ।   उनीहरुले आफ्नो पहिरनसँग मेल खाने कालो मास्क पनि लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप