प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सुरु

प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन ।
प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, अमिता गौतम पौडेललगायतले ६ पुसमा अतिरिक्तमा रिट दिएका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ७ पुसमा दिएका थिए ।
प्रधान न्यायाधीश चोलेन्द्रश्मशेर ज.ब.रा.ले सबै रिटहरुलाई ८ पुसमा आफ्नो एकल इजलासमा राखेर १० पुसमा संवैधानिक इजलासमा तोकेका थिए । संवैधानिक इजलासमा ५ जना न्यायाधीशहरु रहने संवैधानिक प्रावधान छ । जसमा १० जना न्यायाधीशहरुको नाम थियो । प्रधान न्यायाधीश राणालाई १० जनामध्येबाट आफूबाहेक ४ जना छनोट गर्ने अधिकार थियो । तर, राणाले संवैधानिक इजलासमा बस्न पाउने गरी चार जना कनिष्ठ न्यायाधीशहरु थप गरे । र, तिनै थपमध्येबाट कनिष्ठहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा राखे ।
१० पुसको संवैधानिक इजलासमा बहस सुरु नहुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत कानून व्यवसायीहरुले वरिष्ठ न्यायाधीशहरुलाई हटाएर किन कनिष्ठहरुलाई संवैधानिक इजलासमा राखियो ? भनेर प्रधान न्यायाधीश राणा समक्ष प्रश्न उठाएका थिए । त्यसको सहज उत्तर दिनुको साटो राणाले कानून व्यवसायीहरुप्रति नै रुखो शब्द प्रहार गरेका थिए । १० पुसकै संवैधानिक इजलासले उक्त रिटलाई आजबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट सुनवाई होस् भन्दै हिजो १२ जना निवेदकहरुले निवेदन दिइसकेका छन् । अधिवक्ता नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्रबहादुर ओलीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाइ बृहत् पूर्ण इजलासबाट होस् भन्दै निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?
-
पालिका मातहतका सिटी रिक्सा अब प्रदेश मातहत हुने, दर्ता शुल्क १० हजार पुर्याइयो
-
सत्ताधारी नालायक र सडक अराजक बन्दै गए समाजको निराशा अझ भयावह हुनसक्छ : भुसाल
-
भिजिट भिसामा बदमासी : यी हुन् सरुवा भएका भट्टराईसहितका ९ कर्मचारी (सूचीसहित)
-
बजेटमा सपनाको प्रोजेक्ट चाहिएको छैन : रवि सिंह
-
नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी फेरि बाँडफाँट, कसले के पाए ?