शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'पीबीएस आइटी करियर कन्क्लेभ' हुने

बुधबार, २२ पुस २०७७, १२ : १५
बुधबार, २२ पुस २०७७

काठमाडौं । प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसीटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ सम्पन्न हुने भएको छ । यहि पुस २५ र २६ गते अर्थात जनवरी ९ र १० तारिखमा आयोजना हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढि विज्ञहरुले विविध विषयमा आप्mना धारणा राख्ने आयोजकले जनाएको छ । 

२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इण्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।

सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ । त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्यूएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इनोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।  

त्यसैगरी, कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’को रुपमा पनि रहने आयोजकले जनाएको छ । 

प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गणमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कशनमा सहभागि हुने भएका छन् ।

सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । 

प्रेसिडेन्सियल विजनेश स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालयसँगको पार्टनर्सिपमा विजनेश डिग्रीहरु बीबीएर र एमबीए सञ्चालन गर्दै आइरहेको छ । प्रेसिडेन्सियल विजनेश स्कुलले स्कुल अफ टेक्नोलोजी अन्तर्गत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याचलर बीएससीआईटी र मास्टर्समा एमएससीआईटी प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप