शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लौ ढुक्क हुनुहोस् ! प्रदूषण हाम्रो मात्र होइन !!

बुधबार, २२ पुस २०७७, २१ : १९
बुधबार, २२ पुस २०७७

 

 

 

काठमाडौंमा अचानक बढेको प्रदूषण हिजोआज धेरै चर्चाको विषय बन्यो । अस्ति त काठमाडौंको प्रदूषण संसारकै सबैभन्दा बढी रहेको कुरा पनि आयो । आखिर किन यस्तो भयो ? यसबारेमा हामीले जापानमा अनुसन्धानरत डा. अम्बरिश पोख्रेलसँग जिज्ञासा राखेका थियौं । प्रस्तुत छ– उनीबाट प्राप्त संक्षिप्त उत्तर :

अस्ति तथा हिजो काठमाण्डौमा जम्मा भएको प्रदुषण काठमाडौंको मात्र होइन  । हामीले काठमाण्डौको रत्नपार्कलाई केन्द्रबिन्दु मानेर गरेको एउटा सानो खोजले,  निम्न प्रकारका चाख लाग्दा घटनाहरु प्राप्त गरियो :

१००, ५०० तथा ७०० मिटरको उचाईंमा हावाको बहाव

१. कम्तिमा पनि एक तारीख (Jan 1) देखि काठमाडौंको सतहबाट १००, ५०० र ७०० मिटरको उचाई भित्रको हावा काठमाडौंको माथि जम्मा भइरहेको देखिन्छ । यसरी काठमाडौंमा प्रदुषण जम्मा हुन सुरु गरेको रहेछ (योभन्दा अगाडिका दिनहरूको चेक गरिएन) ।

२. दुई तारीख (Jan 2) मा त ५०० मीटर उचाइको भित्र सीमित रहन गएको छ ।

३. तीन तारीख (Jan 3) मा त काठमाडौंको १०० मिटरको उचाइ भित्र गोलबन्द भएको छ अर्थात्  त्योभन्दा माथिको हावा समेत तलतिर झरेको छ ।

४. चार तारीख (Jan 4) मा काठमाडौंको सतहबाट एक किलोमीटरमाथिको हावासमेत जाँच गर्दा के भेटियो भने, पश्चिम नेपालको महेन्द्र नगरभन्दा अगाडि बढेर थोरै भारतीय भूमिमाथिबाट समेत आएर काठमाण्डौको १०० मीटर तल झरेको छ ।

५. पाँचौं दिन अर्थात् हिजो पाँच तारीख (Jan 5) मा बहुत चाखलाग्दो कुरा भएको छ । भारतको उत्तर प्रदेशका रामपुर (Rampur), बरेली (Bareli), निगोहि (Nigohi), हल्दानी (Haldwani), नैनीताल (Nainitaal) तथा हरिद्वार (Haridhwar) जस्ता ठाउँहरुबाट जम्मा तीन दिन भित्रैबाट काठमाडौंको सय मीटरभित्र  प्रदुषण झरेको देखिन्छ ।

६. ती ठाउँहरूको पहिचानबाट के शंका गर्न सकिन्छ भने, नयाँ दिल्ली (New Delhi) काे प्रदुषण समेत आइपुगेको हुनु पर्छ । यसलाई विस्तृत अध्ययन गरिएन हालको लागि ।

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप