भारतीय छात्रले बनाए सबैभन्दा हलुका स्याटेलाइट

person explore access_timeपुस २३, २०७७ chat_bubble_outline0

 

 

भारतको लमिलनाडु राज्यको त्रिची भन्ने शहरका एकजना विधार्थीले अहिलेसम्म कै सबैभन्दा हलुको स्याटेलाइट बनाएका छन् । उनको यस उपलब्धिलाई अमेरिकी संस्था नासाले मन पराएको छ।  नासाले  उनको यस स्याटेलाइटलाई सन २०२१ भित्रै प्रक्षेपण गर्ने योजना बनाएको छ।

रियासदीन सम्सुद्दीन  त्रिचीको यूनिभर्सिटीमा मेक्ट्रोनिक्स इंजीनियरिंगका विधार्थी हुन्।  उनले फेम्टो (FEMTO ) प्रविधिको स्याटेलाइट विजन साईट १ र विजन साईट २ को मॉडल तैयार पारेका छन् ।

 फेम्टो भनेको मेट्रिक प्रणालीको एउटा यूनिट हो।  यसको मान १० को घात माइनस १५ हुन्छ।   फेम्टो स्याटेलाइट भनेको ती स्याटेलाइट हुन् जसको भार १०० ग्राम भन्दा कम  हुन्छ। सम्सुद्दीनले बनाएका दुबै मॉडलको तौल जम्मा ३३ मिलीग्राम रहेको छ र यसको आकार जम्मा ३३ मिलीमीटर रहेको छ। यस स्याटेलाइटमा ११ वटा सेंसर जडान गरिएका छन् ।  यी सेंसरले माइक्रोग्रेभिटी  सम्बन्धी रिसर्चमा सहयोग गर्ने छन् ।

सम्सुद्दीनले प्रस्तावित  स्याटेलाइट बनाउन 'थ्रीडी प्रिंटेड पॉलीथेरीमाइड थर्मोप्लास्टिक' (Polytherimide Thermoplastic) प्रयोगमा ल्याएका छन्।  उनका अनुसार पॉलीथेरीमाइड थर्मोप्लास्टिक एक किसिमको रेजिन पदार्थ हो।  मैले यसको प्रयोग स्याटेलाइटमा प्रयोग गरिने सुन र टाइटेनियमको सट्टा गरेको हुँ।  यो पदार्थ सुन र टाइटेनियम भन्दा धेरै हलुको हुन्छ।

स्याटेलाइटमा सुन र टाइटेनियमको प्रयोग 'लॉन्ग लास्टिंग' का लागि गरिन्छ।

पॉलीथेरीमाइड थर्मोप्लास्टिकको स्याटेलाइटमा उपयोग कतिको प्रभावी हुन्छ, यसबारे उनी भन्छन् - यसबारे प्रक्षेपण  उपरान्त नै थाहा हुन्छ।  प्रक्षेपण भएको स्याटेलाइट अंतरिक्षमा  कति समयसम्म टिक्छ यसले नै पॉलीथेरीमाइड थर्मोप्लास्टिकको स्याटेलाइट प्रविधिमा उपयोगिता हुने नहुने निर्धारित हुन्छ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।