शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले बनाएको कोरोना भ्याक्सिन कसले लगाउनु हुन्छ, कसले हुँदैन ? (भिडियो)

बिहीबार, २३ पुस २०७७, १३ : २४
बिहीबार, २३ पुस २०७७

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरुले जस्तै चीनले पनि भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनको बुहानबाट सुरु भएको भाइरस रोकथामका लागि चीन सक्रिय रुपमा लागिरहेको छ ।  उसले सर्वसधारणका लागि भ्याक्सिन लगाउने कार्ययोजना अघि बढाएको छ । चीनको सांग्रिला कम्पनी लगाएतले बनाएको कोरोना विरुद्धको भ्याक्सिन नेपालमा पनि लगाउनेबारे छलफल चलिरहेको छ ।

चीनमा बनेको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भनेर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभाग प्रमुख वर्षाले एक भिडियो सामग्री तयार पारेकी छिन् ।  जसमा उनले चीनमा उत्पादन भएको भ्याक्सिन कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन भन्नेबारेमा स्पष्ट पारेकी छिन् । 

चिनियाँ खोप कसलाई लगाउनु हुँदैन  
-६९ वर्षमाथिका बृद्ध बृद्धालाई लगाउनु हुँदैन ।
-१८ बर्षभन्दा सानै उमेरका किशोर किशोरी तथा बालबालिकालाई लगाउनु हुँदैन 
-गर्भवती भएका महिलालाई पनि लगाउनु हुँदैन । 
-बच्चालाई दुध खुवाइरहेकी आमालाई पनि लगाउनु हुँदैन ।
-अन्य रोगको उपचार गराइरहेकाहरुले पनि कोरोना विरुद्धको खोप लगाउनु हुँदैन ।
-चीनमा बनेको खोप दुई चरणमा लगाउनुपर्छ । एउटा हातमा लगाएको १४ वा २८ दिनपछि अर्को हातमा लगाउनुपर्छ । 

हेर्नुहोस् भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप