शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका हिंसामा ८ महिलासहित हालसम्म ६८ जना पक्राउ

शुक्रबार, २४ पुस २०७७, ०५ : ५४
शुक्रबार, २४ पुस २०७७

यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एकजना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८ महिला रहेको जानकारी दिएका छन् । 

उनका अनुसार विभागले हिंस्रक भीडका एक–एकको पहिचान गरेर उनीहरुलाई यसका लागि जिम्मेवारी ठहर गर्ने दिशामा काम गरिरहेको जानकारी दिएका छन् । 

प्रहरीले धेरैको तस्बिर निकालेको र उनीहरुको पहिचानका लागि समुदायको सहयोग लिइरहेको पनि उनले जानकारी दिए। 

यस्तै, छिमेकी राज्य मेरिल्याण्डमा प्रहरीले एक वेबसाइट बनाएर हिंसामा संलग्न मानिसहरुको तस्बिर जारी गर्दै उनीहरुको पहिचान गर्ने कोसिस गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप