शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करिना कपुरको 'बेबी बम्प' देखेर प्रशंसकले सोधे, ‘जुम्ल्याहा छन् र ?’

शुक्रबार, २४ पुस २०७७, १० : ३१
शुक्रबार, २४ पुस २०७७

बलिउड अभिनेत्री करिना कपुर खानलाई हालै घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो । उनी दोस्रो पटक गर्भवती छिन् र आफ्नो सन्तानलाई जन्म दिने तयारीमा छिन् । 

गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला, करिनाको पेट ठूलै देखिएको छ, जुन निकै सामान्य कुरा हो र लगभग सबैको यस्तै हुन्छ । सेलिब्रिटीबारे मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन् । 

करिना कपुर दैनिक जसो आफ्नो घर बाहिर हिँड्ने गर्छिन् । सुरुवाती दिनमा फिटनेसका लागि उनी योगा पनि गर्थिन् ।

करिना र सैफले आफ्नो सन्तानलाई घर भित्र्याउनका लागि तयारी पनि सुरु गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप