ad
केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोना संक्रमणका विरुद्ध शरीरमा बनेको इम्युनिटी वर्षौंसम्म रहने

person explore access_timeपुस २४, २०७७ chat_bubble_outline0

 

 

कोरोना विरुद्ध बनेका भ्याक्सिनले एकतिर संसारमै  हर्षको लहर छाएको छ भने यसले दिने सुरक्षालाई लिएर बड़ो असमञ्जस्यको वातावरण रहेको छ।  अधिकांश भ्याक्सिन निर्माता कम्पनीहरुले चाहे त्यो ऐस्ट्रेजेनिका होस्, फाइजर, मोर्डना, भारत बायोटेक होस् कि अन्य कुनै कम्पनीको भ्याक्सिन,  सबैको बारेमा प्रचारित के गरिएको छ कि भ्याक्सिनले दिने सुरक्षा कमतीमा ३ महिना र बढीमा  ५ महिना सम्म मात्रै हुनेछ। अर्थात भ्याक्सिनले शरीरमा बनने एन्टिबडी ५ महिनासम्म मात्रै रहन्छ।  उपभोक्ताले ५ महिना पछि फेरि भ्याक्सिनको सुई लिनुपर्छ।

स्पष्ट, साँचो र कुनै कुरा नलुकाई तथ्यको आधारमा भन्ने हो भने कुनै पनि भ्याक्सिनले ट्रायलका सबै चरण पार गरेर आफ्नो उपयोगिता साबित गरेका छैनन् किनकि त्यसका लागि समय नै पुगेको छैन।

महामारीको त्रासले गर्दा भ्याक्सिनको चौथो चरणको ट्रायल नगरी नै तेस्रो चरणको ट्रायलको आधारमा नै इङ्ग्ल्याण्डदेखि अनेको देशले भ्याक्सिनेसनका लागि स्वीकृत दिएका हुन् ।

यस्तोमा प्रश्न उठ्नु स्वाभाविक हो, भ्याक्सिन निर्माता कम्पनीहरुले कुन आधारमा भ्याक्सिनले बनाउने  एन्टिबडी जम्मा  ५ महिना मात्रै रहने भन्न सक्छन् ? भ्याक्सिन लाउने कार्य शुरू भएको पुग नपुग एक महिना हुँदैछ। यसमा पनि महत्वपूर्ण कुरा के हो भने प्रत्येक भ्याक्सिनका दुई खुराक लिनु आवश्यक छ।  र,  भ्याक्सिन निर्माता कम्पनीका अनुसार पहिलो खुराक लिएको २१ दिनमा अर्को खुराक लिनुपर्छ।  यसरी २१ दिन पछि लिएको दोस्रो खुराकको सातौं दिन अर्थात पहिलो खुराक लिएको २८ दिन पछि मात्रै शरीरमा एन्टिबडी बन्छ। ( फाइजर कम्पनीले भने आफ्नो भ्याक्सिनले भ्याक्सिन लाएको ८-१० दिन देखि नै सामान्य एन्टीबड़ी बन्ने जानकारी दिएको छ ।)

यहाँनिर ध्यान दिनु पर्ने कुरा के हो भने  भ्याक्सिन लिएको २८ दिनसम्म संक्रमणको जोखिम यथावत नै रहन्छ।  अर्थात यस बीचमा भ्याक्सिन लिने मानिसलाई कोरोना संक्रमण भयो भने उसको हालत भ्याक्सिन नलिएको व्यक्ति सरह नै हुन्छ।  भारतका एकजना राज्य स्तरका मन्त्रीमा नै  यो प्रमाणित भई सकेको कुरा हो। 

अब प्रश्न उठ्छ इङ्गल्याण्डमा दोस्रो खुराक लिएका ( भ्याक्सिनेसनको पहिलो चरणमै भ्याक्सिन प्राप्त गर्ने सौभाग्यशाली मानिस ) सीमित  व्यक्तिबाहेक (दोस्रो खुराक लिएको ७ दिन भई सकेको ) विश्वका कुनै  व्यक्तिमा भ्याक्सिनले बनाउने एन्टिबडी बनेको छैन। (यहाँ मैले भ्याक्सिनबाट बनने एन्टिबडीको कुरा गरेको हुँ व्यक्तिको शरीरले संक्रमणका विरुद्ध लडेर शरीरभित्रको आफ्नै इम्यून सिस्टमले बनाएको एन्टिबडीको कुरा गरेको  होइन ।)

अब हेर्नुस् इङ्गल्याण्डमा भ्याक्सिनको दोस्रो खुराक लिएका केही व्यक्तिमा एन्टिबडी बनेको एक साता पनि भएको छैन।  यस्तोमा भ्याक्सिनले बनेको एन्टिबडी शरीरमा जम्मा ५ महिना मात्रै रहने कुरा कसरी भन्न सकिन्छ ? मानिस शरीर संसारको सबैभन्दा जटिल मेशिन हो। यसको प्रतिक्रिया र व्यवहारबारे भविष्यवाणी गर्नु आफैमा हास्यास्पद कुरा हो। भ्याक्सिनबारे यस्तो दावी गर्नु, यस्ता कुरा प्रचारित गर्नु ती कम्पनीहरुको  पूर्व नियोजित व्यापारिक षड्यन्त्र त होइन भन्ने शंकालाई जन्म दिन्छ ।

यसै बीच अमेरिकाको 'ला जोला इन्स्टीट्यूट फार एलर्जी एंड  इम्यूनोलॉजी' बाट (La Jolla Institute for Allergy & Immunology ) खुशी सञ्चार हुने समाचार आएको छ।  यस इन्स्टीट्यूटले गरेको एक अनुसन्धानको रिपोर्ट अनुसार कोरोना संक्रमणसंग लडेर जीतेका मानिसहरुमा बनेको एन्टिबडी महीनौं- वर्षौंसम्म रहिरहने तथ्य उजागर भएकोछ।

कोरोना संक्रमण भएर स्वस्थ भएका १८८ जाना व्यक्तिमा भएको परीक्षणले यसको पुष्टि भएको छ। अनुसन्धानकर्ताले स्वस्थ भएका १८८ जनाको रगत परीक्षण गर्दा तिनको शरीरमा  सुरक्षात्मक एन्टिबडी रहेको पाइएको छ। यस सुरक्षात्मक एन्टिबडीले उनीहरु पुनः कोरोना संक्रमित हुँदा संक्रमणसंग लडन सक्षम हुन्छन्।  एक पटक कोरोना भइसकेको मानिसलाई पुनः कोरोना लाग्दै भन्ने होइन तर लागेमा पनि उनीहरुको इम्यून  सिस्टमले तुरुन्तै यस विरुद्ध लडेर यसलाई सखाप बनाउँछ।

अनुसन्धानमा संक्रमण भएर निको भएका व्यक्तिको रगतमा  इम्यून सिस्टमका चार आवश्यक  घटक  एन्टिबडी,  मेमोरी बी सेल्स,  हेल्पर टी सेल्स र किलर टी सेल्स पाइएका छन्। अनुसन्धानका प्रमुख  'ला जोला  इंस्टिट्यूट  फॉर  एलर्जी  एंड  इम्मुनोलॉजी' का प्रोफेसर एलेसांड्रो सेटे भन्छन - हाम्रो रिसर्चले प्रमाणित भएको छ– संक्रमणबाट निको भएका व्यक्तिमा लामो समयसम्म रोग प्रतिरोधक क्षमता रहन्छ।  यो वर्षौंसम्म रहन सक्छ।  यसबारे दावी साथ भन्ने समय नै भएको छैन।

उनले यस विषयमा चलेका कोरोनाबाट स्वस्थ भएका मानिसको एन्टीबड़ीमा  तीव्रताले ह्रास आउछ भन्ने तर्कलाई अस्वीकार गर्दै भने - एन्टीबडीमा कमी आउनु सामान्य कुरा हो ।  इम्यून सिस्टमको काम गर्ने आफ्नै शैली र प्रक्रिया हुन्छ।  समान्तयः इम्यून सिस्टमले नयाँ शत्रुका विरुद्ध लडन बनाएको रसायन अथवा एन्टीबडी बनाउने विधिलाई स्मरणमा राख्छ। साथै यस विरुद्ध बनेका आफ्ना  हतियार ( एन्टीबड़ी,  मेमोरी बी सेल्स, हेल्पर टी सेल्स र किलर टी सेल्स ) लाई विसर्जित गरी हाल्दैन ।  हो, केही समयपश्चात् यिनको मात्रामा कमी आउछ तर पुनः  यस्तै खाले संकट आउना साथ इम्यून सिस्टमले तुरन्तै आफ्ना यी हथियारमा वृद्धि गरेर शत्रुलाई परास्त गर्छ।

'ला ज़ोला इन्स्टीट्यूट' को यस अनुसन्धानले कोरोना संक्रमण भई निको भएका ( भ्याक्सिन प्रयोग नगरी नै ) व्यक्ति र भ्याक्सिन पर्खिरहेका व्यक्तिमा खुशीको संचार हुनु स्वाभविक नै हो।  यस अनुसन्धानले भ्याक्सिनले बन्ने एन्टीबड़ी पनि शरीरमा लामो समयसम्म  रही रहने विश्वास जगाएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.