शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरी हिल्सको सेयर आवेदन खुल्यो, केवलकार कम्पनीको पहिलो आईपीओ

शुक्रबार, २४ पुस २०७७, ११ : ००
शुक्रबार, २४ पुस २०७७

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुला भएको छ । दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयरको बिक्री खुला भएको हो । यो र्आपीओको आवेदन मंगलबार बन्द हुनेछ । पहिलो चरण अन्तर्गत चन्द्रागिरीले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।

यो आईपीओका लागि आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने निश्चितजस्तै छ ।

यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ । यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप