प्रियंका चोपडाले तोडिन् लकडाउनको नियम, सैलुनमा पुगे प्रहरी
फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन ।
प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ ।
सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका छन् । प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ । सोमबार प्रधानमन्त्रीले बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिएका थिए । प्रियंकाले भने बुधबार लकडाउनको नियम तोडेकी हुन् । उनी सैलुनमा हेयर अपोइन्टमेन्टका लागि गएकी थिइन् । बोरिस जोनसनले आफू पुनः एकपटक देशव्यापी रुपमा लकडाउन लागू गर्न बाध्य भएको जानकारी दिएका थिए । लकडाउनको नियम उल्लंघन गर्नेलाई १० हजार पाउन्डसम्मको जरिवाना लाग्न सक्ने पनि बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)