बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई सुरु

शुक्रबार, २४ पुस २०७७, १८ : १९
शुक्रबार, २४ पुस २०७७

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात भएको छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई सुरु गरेको हो ।

शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक, कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा हस्पिटालिटी क्षेत्र, मिडियाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

बिजनेश विषयको पढाइको लागि प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गरेको कलेजले हस्पिटालिटी विषयमा पनि उदाहरण बन्ने विश्वास लिएको छ । चार वर्षको यो विषयको पढाईपछि उच्च तहको पढाईका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजको विश्वास छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष करिब ७० लाख जागिरको अवसर हुने अनुमान गरिएको छ । ब्रिटिस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाको कारण सिधै  यो क्षेत्रमा प्रवेश गर्न सक्नेछन् । जसको लागि कलेजले विद्यार्थीहरुले रोजेको हस्पिटालिटी तथा पर्यटन क्षेत्रहरु होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन लगायतको क्षेत्रको बारेमा भरपुर जानकारी दिनेछ ।

सैद्धान्तिक र व्यवहारिक पढाईलाई उत्तिकै जोड दिइने यो विषयको पढाईको लागि दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरेको छ । साथै हरेक विद्यार्थीहरुलाई ध्यान दिन सक्ने गरि एउटा कक्षामा थोरै विद्यार्थीहरुलाई राखिने व्यवस्था मिलाईएको छ । त्यस्तै, प्रयोगात्मक कक्षाको लागि कलेजले अत्याधुनिक किचन, रेस्टुरेन्ट तथा रिसेप्सनको संरचना पनि तयार गरेको छ ।

पढाईकै दौरान विद्यार्थीहरुलाई हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित बिभिन्न क्षेत्रको भ्रमणमा पनि लगिने कलेजले जनाएको छ । साथै, विद्यार्थीहरुलाई प्रतिष्ठित हस्पिटालिटी क्षेत्रमा एक वर्षको लागि इन्टर्नसिपको ब्यवस्था समेत मिलाइएको छ । सो इन्टर्नसिपले विद्यार्थीहरुको कार्य क्षमतालाई अझै बढावा दिने कलेजको विश्वास छ ।

त्यस्तै, ब्रिटिस कलेजमा यो विषयको अध्ययन गर्ने विद्यार्थीहरुले बेलायतको विश्वविद्यालयमा गएर पढाई सक्ने सुविधा समेत पाउनेछन् । बेलायतको पछिल्लो नियमानुसार यो विषयको पढाइ बेलायतमै थप दुई वर्ष गरिसकेपछि विद्यार्थीहरु दुई वर्षको लागि वर्किङ भिसा प्राप्त गर्न योग्य हुनेछन् । सो अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप