शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

याद राख्नुुस्, यस्ता शब्दले दुख्नसक्छ तपाईंकी पत्नीको मन

शनिबार, २५ पुस २०७७, १२ : ३५
शनिबार, २५ पुस २०७७

विवाह एक अटूट बन्धन हो । यो जीवनभर साथ निभाउने सम्बन्ध हो । यसलाई बलियो बनाउनका लागि पति–पत्नी दुुबैको सहयोग जरुरी हुन्छ । यदि, कोही एकलाई सम्बन्धमा समस्या हो भने त्यसलाई लामो समय टिकाउन मुस्किल हुन्छ । वैवाहिक जीवनमा पति–पत्नीबीच सामान्य झगडा स्वभाविक हो । यद्यपी, कहिलेकाँही सानै कुराले पनि ठूलो रुपम लिनसक्छ । कहिलेकाहिँ पुरुषहरुले आवेशमा आएर जथाभावी बोल्दा महिलाको मन लामो समयसम्म दुख्ने गर्छ । त्यसैले जान्नुुस्, कस्ता कुराले तपाईंकी पत्नीलाई चोट पुु-याउँछ । 

–     चाहे तपाईंकी पत्नी कार्यालयमा काम गरुन् वा घर सम्हालुन् । उनीहरुलाई पतिले प्राय ‘तिमीले धेरै बुुझ्दैनौं’ भनेर चुप लगाउन खोजिन्छ । यो कुरा उनीहरुलाई मन पर्दैन किनकी उनले हरेक सुुझाव तपाईंको समस्याको हल खोज्ने मनसायले दिएकी हुन्छिन् । 

–     हाँसो ठट्टाका क्रममा होस् या रिसमा पुरुषहरुले धेरैपटक आफ्नी पत्नीको माइतीबारे टिप्पणी गर्छन् । यद्यपी, तपाईंको पत्नीका लागि उनको माइतीबारे कुनै पनि नराम्रो कुरा सुन्नुु असह्य हुन्छ । यसबारे कुनै प्रतिक्रिया नदेखाएपनि उनीहरुको मनमा यस्तो कुरा गडिरहेको हुन्छ । 

–    महिलालाई उनीहरुको कामबारे प्रश्न गरेको पनि निकै नराम्रो लाग्छ । जब पतिले ‘तिमी दिनभरी के गर्छौ..’ भन्नेजस्ता प्रश्न गर्छन् तब उनीहरुको मन दुख्छ । एक घरलाई घर जसरी व्यवस्थापन गरेर राख्नुु सहज काम होइन । लकडाउनको समय घरमा बस्दा तपाईंलाई यो कुरा महसुस पनि भयो होला । घरको सरसफाई, खान बनाउने, कपडा धुने आदी त्यस्ता साना–ठूला कामहरु हुन्छन्, जो दिनभर चलिरहेको हुन्छ । यस्तोमा पत्नीको कार्यक्षमतामा प्रश्न उठाउँदा उनीहरुको मनमा ठेस पुुग्न सक्छ । 

–     एक युवती आफ्नो घर–परिवार छाडेर एक नयाँ परिवारको हिस्सा बन्छिन् र त्यसलाई सजाउँछिन् । यदि, उनलाई ‘सधैं मनोमानी गर्छेस् ..’ भनियो भने उनी स्तब्ध हुन्छिन् । उनले आफ्नो पूरा समय तपाईं र तपाईंको परिवारका सदस्यलाई दिएकी हुन्छिन् । यसबीच कतिपटक उनी आफ्नो ख्याल राख्न पनि भुल्छिन् । त्यसैले यो कुरा याद राख्नुुस् र अन्जानमा कहिले पनि यस्ता कुरा गरेर पत्नीको मन नदुखाउनुस् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप