शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बजाज डोमिनार २५०’ नेपालमा, मूल्य ४ लाख ८९ हजार

आइतबार, २६ पुस २०७७, ११ : २८
आइतबार, २६ पुस २०७७

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीद्वारा नयाँ ‘बजाज डोमिनार २५०’ नेपाल भित्र्याएको छ ।  बजाज डोमिनार २५०कोे नेपाल मूल्य रु. चार लाख ८९ हजार नौं सय तोकिएको छ । 

क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इञ्जिनको पावर छ । जसले २७पीएस र २३.५एनएमको पिक टक्र्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डीओएचसी छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ । स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ ।

चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ । यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ ।

यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप