बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाटक गर्दै अभिनेत्री स्वस्तिमा

आइतबार, २६ पुस २०७७, १२ : २३
आइतबार, २६ पुस २०७७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा रंगमञ्चका कलाकारको वर्चस्व छ । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, मेनुका प्रदान, लक्ष्मी बर्देवालगायत थुप्रै कलाकार छन् । जो रंगमञ्चबाटै फिल्ममा प्रवेश गरेका छन् ।

फिल्ममा रंगमञ्चका कलाकारको बचश्र्व रहेको समयमा फिल्मी कलाकारको पनि रंगमञ्च प्रवेश बढ्न थालेको छ । नम्रता श्रेष्ठ, राजेश हमालपछि फिल्मी कलाकार स्वस्तिमा खड्कालाई पनि नाटकमा अभिनयमा देख्न पाइने भएको छ ।
नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन् । जसको जानकारी अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालबाट गराएकी छन् ।

थिएटर भिलेजका विमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल चलिरहेको छ । चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय बताइएको छ ।

पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन् । आफ्नो मनपर्ने उपन्यास माथि बन्न लागेको नाटकमा अभिनय गर्ने अवसर पाएकोमा उनले खुसी छिन् । नाटक सकिएपछि उनी दीपेन्द्र के.खनालको फिल्म ‘चिसो मान्छे’को छायाँकनमा व्यस्त रहनेछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप