बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित किशोरलाई २ लाख सहयोग

आइतबार, २६ पुस २०७७, २२ : ५३
आइतबार, २६ पुस २०७७

काठमाडौं । लामो समयदेखि खुट्टाको क्यान्सरबाट पीडित सिन्धुलीका एक किशोरलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । सिन्धुलीका १६ वर्षीय राजेश नेपालीलाई २ लाख १५ हजार सहयोग जुटेको हो । राजधानीको मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा   एक कार्यक्रमका बीच नेपाल मुटु  फेमली, हाम्रो टिकटक नेपाल, र फुकै परिवारले राजेशका लागि रकम हस्तान्तरण गरेका हुन् ।

विगत लामो समयदेखि खुट्टाको क्यान्सर रोगबाट पीडित भएका उनको  उपचारको लागि जुटेको उक्त रकम तारकेश्वर नगरपालिका १० वडा सदस्य धुबराज राईले हस्तान्तरण गरेका थिए ।   आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने संस्थाकी सभापति कृपा अधिकारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप