शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काली गण्डकीस्थित अन्धगल्छीको रेकर्ड टुट्यो, मङ्गल ग्रहमा भेटियो योभन्दा गहिरो गल्छी

आइतबार, २६ पुस २०७७, २३ : ४९
आइतबार, २६ पुस २०७७

नेपालीले गर्व गर्ने कुरा सगरमाथा मात्रै होइन, प्रकृतिका यस्ता थुप्रै उपहार प्राप्त छन यस भूखण्डलाई। यस क्रममा म्याग्दी जिल्ला पनि विश्व  प्रसिद्ध  छ।  म्याग्दी जिल्लाको अन्नपूर्णा गाउँपालिका -३ दानामा रहेको गल्छी (gorges) विश्व कै सबैभन्दा गहिरो गल्छीमा गणना हुन्छ।  देश विदेशबाट पर्यटक यसलाई हेर्न पुग्छन्।

https://www.mindat.org

अन्धगल्छीका नामले प्रख्यात यस गल्छीको  गहिराई १, ३०० मीटर देखि २, ६०० मीटर सम्म रहेको  छ।  नजीकको पर्वत श्रृङ्खला अन्नपूर्णा हिमालको चुचुरोबाट यसको गहिराई ५, ५०० मीटर देखि ६, ८०० मीटर सम्म रहेको छ। यो नै संसारको सबैभन्दा गहिरो गल्छी हो।

तर नेपालको यस गल्छीलाई भने अब गहिराईको मामलामा चुनौती आइलागेको छ। यो चुनौती म्याग्दी जिल्लाबाट ७ करोड ७७ लाख ९२ हज़ार किमी टाढाबाट आएको हो।

म्याग्दीबाट घटीमा ७, ७७, ९२००० र बढीमा   ४० करोड़ १० लाख किमी टाढा भेटिएको गल्छी  अन्धगल्छी भन्दा पनि गहिरो रहेको  छ।

पाठकगण समाचारलाई रोचक बनाउने उद्देश्यले हास परिहास युक्त पृथक शैली र प्रस्तुतिले पक्कै तपाईंको मनोरञ्जन गर्नुका साथै जानकारी बढ़ायो होला नभए समाचार त जम्मा यति हो मंगल ग्रहमा  सौर्यमण्डल कै सबैभन्दा गहिरो उपत्यका  (valley) को समूह अर्थात  एउटै श्रृङ्खलामा रहेका अनेको उपत्यकासमूह  (canyons) पाइएको छ। यसले पृथ्वीमा रहेको 'grand canyons' र 'deepest  gorge' को रेकर्ड तोडेको छ। 

Valles Marineris topographic view constructed from MOLA altimetry data. Image shows Coprates Chasma, with Melas Chasma at the top, Candor Chasma at top right, and part of Capri Chasma at the bottom. https://en.wikipedia.org

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले मंगल ग्रहको भ्याली मारिनिरस (Valles  Marineris) को तस्वीर प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो। नासाले शेयर गरेको तस्वीरमा देखिएका पहाड र canyons  को  विशालता प्रष्टसँग देखिन्छ।  नासाका अनुसार मंगल ग्रहको परिधिको एक चौथाई भाग ओगटछन् यी पहाडले। यी पहाड झण्डै ४, ००० किमी सम्म विस्तृत रहेका छन्।

यी तस्वीर नासाको 'हाई रेजुलेशन इमेजिंग साइंस एक्सपेरिमेंट'  (HiRISE) मिसन अंतर्गत खिचिएका हुन्। यस मिसनमा नासाले अति शक्तिशाली क्यामेरा जडान  गरेको छ।

नासाले  १२ अगस्ट २००५  मा मंगल मिसनअन्तर्गत पठाएको 'मार्स रेकनाइसेन्स आर्बिटर' ( Mars  Reconnaissance  orbiter ) मा अति उच्च स्तरको हाइ रेजुलेशन भएको  क्यामेरा जडान  गरेको थियो।  यसले १० मार्च २००६ मा मंगलको कक्षमा पुगी परिक्रमा गर्दै आफ्नो काम थालेको थियो। यो क्यामेरा वास्तवमा ०.५ मीटरको टेलिस्कोप नै हो। यसै क्यामेराले मंगलको भ्याली मारिनिरस क्षेत्रको तस्वीर पठाएको हो।  नासाको यो ऑर्बिटर अहिलेसम्म काम गरी रहेको छ।

मंगल ग्रहको यो canyons  मात्रै पृथ्वीका उपत्यका र गल्छी  भन्दा ठूलो होइन। यहाँको ओलम्पस मोन्स (Olympus Mons )  ज्वालामुखी पनि सौर्यमण्डलको सबैभन्दा ठूलो ज्वालामुखी हो। यूरोपियन स्पेस एजेन्सीका अनुसार यी  दुबै बीच केही आपसी सम्बन्ध पनि हुन सक्छ।

पृथ्वीका वैज्ञानिकहरुको मंगल ग्रहप्रति आकर्षण बढ्दो छ। यसै क्रममा नासाले 'मार्स मिसन २०२०' अंतर्गत गत ३० जुलाई  २०२० मा रोवर ( Perseverance ) र रोबोटबाट सञ्चालित हुने हेलीकाप्टर (Ingenuity ) सहितको मिसन पठाएको थियो।  तपाईले यो पढिरहेको केही दिनभित्र नै यो मिसनले १८ फेब्रुअरी  २०२१ मा मंगल ग्रहको धरातल छुने छ।

 यसैगरी चीनले पनि २३ जुलाई २०२० मा पठाएको तियानवेन १ र संयुक्त अरब एमिरेट्सको मंगल मिसन 'होप' पनि फेब्रुअरी महीनामै मंगलको ऑर्बिटमा पुग्ने छन्।  संयुक्त अरब एमिरेट्सको मिसन ऑर्बिटर मात्रै हो भने चीनको मिसन ऑर्बिटर, ल्यान्डर र रोभरसहितको हो।  चीनको ऑर्बिटर फेब्रुअरी महीनामै मंगलको ऑर्बिटमा पुगे पनि ल्यान्डरले भने अप्रैल १८ तिर मंगल धरातल छुने कार्यक्रम रहेको छ।

चीनको ल्यान्डर र रोभरले सफलतापूर्वक मंगल ग्रहमा अवतरण गर्यो भने चीन यस्तो उपलब्धि पाउने दोस्रो देश बन्ने छ।  यस अघि अमेरिकाले मात्रै मंगल ग्रहमा ओर्लिने सफलता पाएको छ।

मंगल ग्रहको धरातलमा अवतरण गर्नु चन्द्रमामा अवतरण गर्नुभन्दा जटिल कुरा हो। किनकि मंगल ग्रहको गुरुत्वाकर्षण चन्द्रमा भन्दा बढी रहेको छ।  चन्द्रमाको सतहको गुरुत्वाकर्षण १.६२ मीटर प्रति स्क्वायर सेकेण्ड छ भने मंगल ग्रहको गुरुत्वाकर्षण चन्द्रमा भन्दा तीन गुना बढी ३.७११ मीटर प्रति स्क्वायर सेकेण्ड रहेको छ। गुरुत्वाकर्षण बढी भएकोले मंगलमा ओर्लिन जटिल हुन्छ।  ल्यान्डरको गति कम गर्न ओर्लिने बेलामा प्याराशूट कै प्रयोग गर्नुपर्ने हुन्छ।  

Title Photo: https://mars.nasa.gov

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप