मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनको शपथ ग्रहण अघि हिंसाको षड्यन्त्र, ५ दिनअघि ट्रकबाट ११ बम जफत गरिएको थियो

सोमबार, २७ पुस २०७७, ०६ : १३
सोमबार, २७ पुस २०७७

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको २० जनवरीमा शपथ ग्रहण समारोह अघि हिंसा हुनसक्ने अनुमान गरिएको छ । बुधबार राष्ट्रपति ट्रम्पका समर्थकले संसद भित्र प्रवेश गरेर तोडफोड गरेका थिए । यतिबेला संसद् भित्र र बाहिर भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो । अब यो मामिलामा नयाँ खुलासा भएको छ । 

सीएनएनको एक रिपोर्ट अनुसार बिहिबार संसद भवन अर्थात् क्यापिटल हिलभन्दा केही टाढा एउटा ट्रक राखिएको थियो । यसको खोजी गर्दा ११ घरेलु बम र केही हतियार बरामद गरिएको थियो । 

अल्बामामा बस्छन् ड्राइभरः

सीएनएनको रिपोर्ट अनुसार यो एउटा सानो पिकअप ट्रक थियो । यसका मालिका अल्बामामा बस्छन् । उनलाई पक्राउ गरिसकिएको छ । ट्रकबाट घरमा नै बनाइएका ११ वटा बम, एउटा असल्ट राइफल र एउटा ह्यान्डगन जफत गरिएको छ । यस्तो प्रहरीको भूमिकामाथि सबैभन्दा बढी प्रश्न उठिरहेका छन् । 

रिपोर्टका अनुसार सभामुख नेन्सी पेलोसी यी व्यक्तिको निशानामा थिइन् । यो हतियार ट्रम्प समर्थक प्रदर्शनकारीसमक्ष पुर्याइने योजना रहेको र ट्रकलाई यसैकारण क्यापिट हिल नजिकै पार्क गरिएको रिपोर्टमा उल्लेख छ । यो विषय हाल अनुसन्धानको दायरामा छ । 

११ जनाविरुद्ध मुद्दा दर्ताः

बुधबार भएको हिंसामा केन्द्रीय अनुसन्धान एजेन्सीले ११ थप प्रदर्शनकारीको पहिचान गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको छ । यसमा वेस्ट भर्जिनियाका एक अधिकारी पनि समावेश छन् । नेन्सी पेलोसीको अफिसको कुर्सीमा बस्ने व्यक्तिको पनि पहिचान गरिएको छ । प्रदर्शनकारीले बुधबार मट्टीतेल पनि ल्याएको बताइएको छ । उनीहरुको उद्देश्य केही स्थानमा आगलागीसमेत गर्ने हुनसक्छ । 

खतरा रोकिएको छैनः

अमेरिकी सुरक्षा अधिकारीलाई बाइडेनको शपथ ग्रहण समारोहमा पनि अमेरिकामा हिंसा फैलने हो कि भन्ने डर छ । वासिङ्टन, जर्जिया, कन्सास, ओहियो, मिशिगत, क्यालिफोर्निया, कोलोराडो, उटाह, न्यू मेक्सिको, व्योमिंग र टेक्सासजस्ता राज्यमा पनि निगरानी बढाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप