बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ऋतिकको जन्मदिनमा पूर्व श्रीमती सुजैनको विशेष मेसेज, सेयर गरिन् नयाँ तस्बिरहरु

सोमबार, २७ पुस २०७७, ०८ : ४६
सोमबार, २७ पुस २०७७

ऋतिक रोशनले जनवरी १० मा आफ्नो जन्मदिन मनाएका छन् । यो मौकामा चारैतिरबाट उनलाई जन्मदिनका शुभकामना दिइए । ऋतिकको जन्मदिन थप विशेष बनाउनका लागि उनकी पूर्व श्रीमती सुजैन खानले पनि विशेष तस्बिर र भिडियो सेयर गरेकी छिन् । यसमा उनको आफ्ना दुई छोरासँग निकै विशेष सम्बन्ध रहेको देख्न सकिन्छ । 

यी तस्बिरमा ऋतिक रोशन आफ्ना छोरा ऋदान रोशन र रेहान रोशनसँग समुद्रको किनारामा साइक्लिङ गरिरहेको देखिएका छन् । 

सुजैनले यी तस्बिरलाई भिडियोको रुपमा सेयर गरेकी छिन् । तस्बिर देखेर अन्दाज लगाउन सकिन्छ कि उनको यी भेकेशनको तस्बिर हुन् । 

सुजैनले ऋतिकको जन्मदिनको शुभकामना दिँदै लेखिन्, ‘ह्यापियस्ट बर्थडे Rye... तिम्रो जीवनमा आउने भोलिका दिन सबैभन्दा सुन्दर होस् भन्ने कामना गर्छु... सन् २०२१ को सार्थक शुभकामना ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sussanne Khan (@suzkr)

हुनत ऋतिक आफ्नो व्यावसायिक जीवनबाहेक नीजि जीवनलाई पनि धेरै समय दिन्छन् । सुजैनसँग सम्बन्धविच्छेद भएपछि पनि उनीहरुको दोस्ती निकै राम्रो छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप