बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

सोमबार, २७ पुस २०७७, १२ : ११
सोमबार, २७ पुस २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन सोबारबाट काठमाडौँको डिल्लीबजारदेखि शुरू भएको हो ।
प्रेमकथामा बन्न लागेको फिल्म रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । पौडेलकै कथा, गीत र निर्माणमा रहेको  फिल्मको नाम यस अगाडि ‘रेड वाइन’ राखिएको थियो । अहिले नाम परिवर्तन भएर ‘तिम्रो मेरो साथ’ भएको हो ।

फिल्ममा साम्राज्ञीको अलवा पुष्प खड्का, सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामालगायतको अभिनय रहनेछ । फिल्मको विशेष भूमिकामा अभिनेता ध्रुवदत्त प्रस्तुत हुनेछन् । 
आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

सविर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्म नेपाल र अमेरिकामा छायाँकन हुने निर्माण युनिटले बताएको छ । योगेश काजीले फिल्मका लागि संगीत दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप