शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एउटा यस्तो प्रेम कहानी’ माघ १ मै लाग्छ – शिव श्रेष्ठ

सोमबार, २७ पुस २०७७, १३ : ५४
सोमबार, २७ पुस २०७७

काठमाडौं । ९ महिनासम्म सरकारले फिल्म हलको विषयमा चासो नदेखाएको भन्दै गत पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका फिल्म हल खोल्ने स्वःघोषणा गरेका थिए । सोही अनुसार फिल्म हल खुल्यो र फिल्म पनि प्रदर्शनमा आए ।

तर, यस विषयमा सरकारले आधिकारी निर्णय नगर्दा नयाँ फिल्म भने लाग्न सकेको छैन । आगामी माघ १ गतेबाट नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाग्ने चर्चा छ । तर रिलिज होला कि नहोला भन्ने आशंका गर्न थालिएको छ । फिल्म अभिनेता शिव श्रेष्ठले निर्माण गरेका हुन् ।

श्रेष्ठले आफ्नो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ मै लाग्ने बताए । उनले फिल्म रिलिजका लागि आफूले सबै तयारी गरिसकेकोले फिल्म रिलिजको बिषयमा शंका नगर्न समेत अनुरोध गरे । उनले भने, ‘फिल्म रिलिज हुन्छ । हामी पनिसँगै हेर्छाै ।’

हुन त फिल्म अभिनय गरेका केही कलाकारले फिल्म पुरा नभएकोले रिलिज हुँदैन भनेर समेत बताएका छन् । तर शिव भने फिल्म सकिएको र रिलिज हुने दाबी गर्दछन् ।
शिव नै प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।

दीपेश सापकोटाको निर्देशन रहेको फिल्म फिस्टेल मुभिजको ब्यानरमा बनेको हो । यशोदा राई र दिनेश दर्शनधारी फिल्मका निर्माता हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर फिल्मका सह–निर्माताको रुपमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप