बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर किन दिइन्छ खाली पेटमा लसुन खान सल्लाह ?

मङ्गलबार, २८ पुस २०७७, ०६ : ३७
मङ्गलबार, २८ पुस २०७७

तपाईंले तौल कम गर्नका लागि कागती पानीको फर्मूला त पक्कै पनि अपनाउनुभएको होला । ग्रीन टी पनि खाएर हेर्नुभएको छ होला तर तपाईंले खाली पेटमा कहिल्यै लसुन खाएर हेर्नुभएको छ त ?

खाली पेटमा लसुन खाँदा  स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्छन् तर यसबारे निकै कमलाई मात्रै थाहा छ । लसुन एक चमत्कारी चिज हो । थसमा विभिन्न प्रकारका औषधीय गुण हुन्छ र यदि तपाईं खाली पेटमा लसुनको सेवन गर्नुहुन्छ भने तपाईंले यसका सबै फाइदा पाउन सक्नुहुन्छ । 

लसुन एक प्राकृतिक एन्टी बायोटिक हो । यसले थुप्रै प्रकारको संक्रमण रोक्न प्रभावकारी भूमिका निर्वाह गर्छ । यसमा निको पार्ने गुण पनि छ । यस्तोमा यदि तपाईं अहिलेसम्म पनि चियाको कपले दिनको सुरुवात गर्नुहुन्छ भने अब यो बानी छोडेर लसुन खाने बानी बसाल्नुहोस् । 

१. पेट सफा गर्छः

लसुनमा शरीरको विषाक्त पदार्थलाई सफा गर्ने गुण हुन्छ । साथै यसले पेटमा भएको ब्याक्टेरियालाई पनि नष्ट गर्ने काम गर्छ । विशेषगरी जब तपाईं यसलाई खाली पेटमा खानुहुन्छ । 

२. नसालाई झन्झन् हुनबाट रोक्छः

थुप्रै रिपोर्टमा बताइए अनुसार खाली पेट लसुनको सेवन गर्दा नसामा झन्झन् हुने समस्या टाढा रहन्छ । 

३. उच्च रक्तचापको समस्यामा राहतः

स्वास्थ्य विशेषज्ञका अनुसार जसलाई उच्च रक्तचापको समस्या छ उनीहरुका लागि खाली पेट लसुनको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले रक्त सञ्चार बढाउने काम गर्छ । साथै, मुटुको स्वास्थ्यका लागि पनि यसको सेवन गर्नु फाइदाजनक हुन्छ । 

४. कोलेस्ट्रोलका लागिः

यदि तपाईं खाली पेटमा लसुनको सेवन गर्नुहुन्छ भने यसले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रित गर्न मद्दत गर्छ । 

५. रोग प्रतिरोधी क्षमताका लागिः

लसुनको सेवनले रोग प्रतिरोधी क्षमता पनि बढ्ने गर्छ । यसले हाम्रो शरीर निकै राम्रो तरिकाले रोगको सामना गर्नसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप