शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रागिरीको आईपीओ भर्ने आज अन्तिम दिन, लगानीकर्ताको अत्यधिक आकर्षण

मङ्गलबार, २८ पुस २०७७, ११ : ०१
मङ्गलबार, २८ पुस २०७७

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन हो । चन्द्रागिरीले पुस २४ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाउनेछन् । 

निष्काशन भएको सेयर मध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यद्यपि चन्द्रागिरीको आइपिओमा तोकिएभन्दा अत्यधिक बढी आवेदन परिसकेको छ । 

चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप