बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाविरुद्धको खोप अभियानः दिल्ली पुग्यो ‘कोभिसिल्ड’

मङ्गलबार, २८ पुस २०७७, ११ : ५१
मङ्गलबार, २८ पुस २०७७

कोभिड–१९ को खोप कोभिसिल्डको पहिलो खेप भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । एयरइन्डिया, इन्डिगोसहित ९ एयरलाइनसबाट ५६.५ लाख डोज देशको अलग–अलग हिस्सामा पुणेको सीरम इन्सटिटयूटबाट पठाउने काम भइरहेको छ ।

केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले आज दिल्लीसहति चेन्नई, कोलकाता, गुवाहाटी, शिलोङ, अहमदाबाद, हैदराबाद, विजयवाडा, भुवनेश्वर, पटना, बैंग्लुरु लखनऊ र चन्डीगढमा खोप पुग्नेछ ।

पुणे विमानस्थलबाट देशका विभिन्न भागमा खोप पुर्याएपछि आगामी १६ जनवरीबाट खोप लगाउन सुरु गरिनेछ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजारभन्द बढी संक्रमित फेला परेका छन् भने १६७ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म १ करोड ४ लाख ७९ हजार संक्रमित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप