शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म निर्देशक घिमिरे सलाई डेस्टिनीसँगको ब्राण्ड एम्बेस्डरमा

मङ्गलबार, २८ पुस २०७७, १३ : ०७
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । बरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ ।  सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । 

नेपाल सूनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचाँदी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।  निर्देशक घिमिरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउँदै यो कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

घिमिरे नेपाली फिल्म क्षेत्रका कलाकार तथा निर्देशक हुन् । लाहुरे, चिनो, दर्पणछाँया लगायत थुपै्र सफल फिल्म दिएका घिमिरेको पछिल्लो समय ‘दपर्ण छाँया २’ आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप