शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लप्पन छप्पन-२’ चार भाषामा रिलिज हुने

मङ्गलबार, २८ पुस २०७७, १३ : ३१
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन–२’ नेपालीसहित ४ भाषामा रिलिज हुने भएको छ । फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज बारे जानकारी दिएको हो । फिल्म मुकन्द भट्टले निर्देशन गरेका हुन् । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए ।

फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने भारतको ओटीटीमा रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ । एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्तले अभिनयमा डेब्यू गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् । दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप