बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्मको कहानी सुनाउनका लागि शाहरुख खानको बंगला बाहिर निर्देशकले जमाए अड्डा

मङ्गलबार, २८ पुस २०७७, १३ : ३७
मङ्गलबार, २८ पुस २०७७

किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् । 

फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी सुनाउनका लागि बेंगलुरुका एक फिल्म निर्देशक उनको बंगला मन्नत बाहिर बसिरहेका छन् । यी युवा फिल्म निर्माता सोसल मिडियामा नियमित रुपमा भिडियो र फोटोसहित यसबारे अपडेट दिइरहेका छन् । 

शाहरुख खानका थुप्रै प्रशंसकले सोसल मिडियामा फिल्म निर्देशकको पोस्ट सेयर गरिरहेका छन् ताकि उनी शाहरुखसम्म पुग्न सकून् र उनको फिल्म बनाउने सपना पूरा हुन सकोस् । युवा फिल्म निर्माता शाहरुखको प्रतिक्षा गर्दै समुद्र किनारामा आफ्नो समय बिताइरहेका छन् । 

कामको कुरा गर्नुपर्दा शाहरुख खान सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग दीपिका पादुकोण, शाजी चौधरी, जोन अब्राहम र डिम्पल कपाडियाको भूमिका रहनेछ । यसबाहेक शाहरुख खान राजकुमार हिरानी, एटली कुमार र राज–डीकेको फिल्ममा पनि काम गर्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप