शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनसीए कलेज अफ म्यानेजमेन्टले नेपालमा एसीसीएका कोर्सका लागि छात्रवृत्ति दिने

मङ्गलबार, २८ पुस २०७७, १३ : ४२
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । एन.सी.ए. कलेज अफ म्यानेजमेन्टले सन् २०२१ को जनवरी÷फेब्रुअरी आवेदन इन्टेक अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई एसीसीएका कोर्सका लागि छात्रवृत्तिको अवसर प्रदान गर्ने भएको छ । 

१२ कक्षा वा ए लेभल उत्तीर्ण/परीक्षाको नतिजा पर्खेर बसेका विद्यार्थीका लागि यो छात्रवृत्तिले पहिलो सेमेष्टरका लागि लाग्ने सबै शुल्क (ट्यूशन शुल्क, एसीसीए दर्ता, परीक्षा शुल्क र अध्ययन सामग्री) गरी कूल १ लाख बराबरको रकम बेहोर्ने छ । 

छात्रवृत्ति तथा कोर्समा भर्नाका लागि २४ जनवरी सन् २०२१ भित्र आइपुग्ने गरी आवेदनको समयसीमा तोकिएको कलेज व्यवस्थापनले जनाएको छ । आवेदन फाराम कलेजको वेवसाइट www.nca.edu.npमा उपलब्ध रहेको पनि कलेज व्यवस्थापनले जानकारी दिएको छ ।

एसीसीए संयुक्त अधिराज्य बेलायतको द एसोसिएशन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी कोर्स हो । यो कोर्स संसारका १८० देशमा अध्ययन/अध्यापन गरिन्छ ।

एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको सबैभन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । कलेजले १६ बर्ष देखि नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप