शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन चार हजारको मृत्यु, नेदरल्याण्डमा लकडाउन तीन हप्ता बढ्यो

बुधबार, २९ पुस २०७७, १२ : १५
बुधबार, २९ पुस २०७७

संसारभरी कोरोना संक्रमितको संख्या ९.१९ करोड नाघिसकेको छ । वर्ल्डोमिटर्सका अनुसार ६ करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् । हालसम्म १९ लाख ६८ हजारभन्दा बढीले ज्यान गुमाइकेका छन् । सीएनएले जोन हपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा मृत्युको आँकडा तीब्र रुपमा बढिरहेको छ । मंगलबार यहाँ चार हजारको मृत्यु भएको छ । 

अमेरिकामा खतरा बढ्योः

अमेरिकामा खोप अभियान सुरु भइसक्यो तरपनि मृत्युको आँकडा पनि बढिरहेको छ । मंगलबार यहाँ करिब चार हजार जनाको मृत्यु भएको छ । यो जानकारी सीएनएनले जोन होपकिन्सलाई उद्धृत गर्दै दिएको छ । अमेरिकामा हालसम्म ३.८९ लाखको मृत्यु भइसकेको छ । मंगलबार करिब दुई लाख २२ हजार संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म ९ लाखलाई भ्याक्सिन लगाइसकिएको छ । 

नेदरल्याण्डमा लकडाउन बढ्योः

नेदरल्याण्ड सरकारले हाल देशमा जुन प्रतिबन्ध लागू गरिएको छ, त्यसमा कुनै पनि प्रकारको राहत नदिने स्पष्ट पारेको छ । सरकारले प्रतिबन्धको कडा रुपमा पालना गर्नुपर्ने स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले हाई अलर्ट जारी राखेको छ र लकडाउन तीन हप्तासम्म बढाएको छ । सरकारले एक बयानमा भने, ‘यो कुरा सबैलाई राम्रो छ कि हामीसँग हालका लागि कुनै विकल्प छैन । संक्रमण कम भइरहेको छैन । देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पाइसकिएको छ । यसका लागि हामी निकै चिन्तित छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप