शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षर कुमार र उनका प्रेमिकाहरुः प्रेमको मैदानका ‘खेलाडी’

बुधबार, २९ पुस २०७७, १३ : २७
बुधबार, २९ पुस २०७७

अक्षय कुमारलाई खेलाडी कुमार पनि भनिन्छ किनभने एक समयमा उनको खेलाडी सिरिजका फिल्म निकै सफल रहे । अक्षय कुमार प्रेमको मैदानमा पनि खेलाडी नै रहे । उनले थुप्रै नायिकासँग प्रेम बस्यो । भारतीय मिडियाले त उनले एकैपटक तीन युवतीसँग रोमान्स गर्ने गरेको पनि बताउने गर्छ । उनी केही युवती प्रति गम्भीर थिए । कतिको अक्षयसँग लामो समयसम्म नाम जोडिइरह्यो । आउनुहोस्, अक्षयका ती कथित प्रेमिकाबारे कुरा गरौंः

पूजा बत्राः

अक्षय कुमारको करियरको निकै सुरुवाती चरणमा पूजा बत्रासँग प्रेम चलेको थियो । पूजा त्यतिबेला निकै सफल मोडल थिइन् र अक्षयको तुलनामा कम लोकप्रिय थिइन् । केही पार्टीले अक्षयले पूजाका कारण नै प्रवेश पाउने गर्दथे । अक्षयले बलिउडमा प्रवेश पाउने बित्तिकै उनले पूजालाई छोडेर आफ्नो करियरमा ध्यान दिन सुरु गरेको भारतीय मिडियाले बताउने गर्छन् । 

रबिना टन्डनः

खिलाडी हिट भएपछि अक्षयको नाम केही समयका लागि यो फिल्मकी हिरोइन आयशा जुल्कासँग जोडियो तर यसमा कुनै वास्तविकता थिएन । त्यसपछि अक्षय कुमारको जीवनमा रबिना टन्डनको प्रवेश भयो । उनीहरु बीच तीन वर्षसम्म प्रेम सम्बन्ध कायम रह्यो । ‘खिलाडियों का खिलाडी’ मा अक्षयसँग रबिना र रेखा काम गरिरहेका थिए । त्यतिबेला रेखासँग पनि उनी नजिकिएको किस्सा खुब फैलिए । रबिनालाई जलाउनका लागि यस्तो गरिएको थियो भनेर भन्ने गरिन्छ । अक्षयप्रति रबिना निकै गम्भीर भएको पनि बताइन्छ । भनिन्थ्यो, विवाह गरेर घर बसाउन चाहन्थिन्, तर अक्षय यसका लागि तयार थिएनन् । उनीहरु अलग्गिनुको यहि एउटा कारण बन्यो । 

शिल्पा शेट्टीः

अक्षय र रबिनाको ब्रेकअप हुने बित्तिकै रबिनाको स्थान शिल्पा शेट्टीले लिइन् । दुबैको निकटताको चर्चा हुन थाल्यो र शिल्पा मिसेस अक्षय कुमार बन्ने हुन् कि भनेर धेरैले आँकलन गरे । तर अक्षय कुमारको त्यतिबेला ट्विंकल खन्नासँग पनि प्रेम बस्यो । एकातिर शिल्पा र अर्कोतर्फ ट्विंकल । यो कुरा शिल्पालाई मन परेन र उनी अक्षयसँग अलग भइन् । 

ट्विंकल खन्नाः

राजेश खन्ना र डिम्पल कपाडिया जस्ता सेलिब्रिटीकी छोरी ट्विंकल र अक्षयबीच प्रेम त्यतिबेला झाङ्गियो जब दुबैले सँगै फिल्ममा अभिनय गरिरहेका थिए । कुनै बेला राजेश खन्नाको अफिसमा अक्षय काम माग्न गएका थिए । उनले सोचेका पनि थिएनन् होला कि उनले उनकै छोरीसँग प्रेम विवाह गर्नेछन् । तर पछि उनीहरु बीच प्रेम बस्यो र उनीहरु यहिले सफल वैवाहिक जीवनमा रमाइरहेका छन् । 

प्रियंका चोपडाः

विवाह पछि पनि अक्षयको अन्य महिलासँग सम्बन्ध रहेको समाचार आइरहे । प्रियंकासँग उनको केही फिल्ममा अभिनय गर्नेबेला प्रेम बस्यो । ट्विंकलले यो कुरा थाहा पाएपछि उनले प्रियंका चोपडासँग अक्षय फिल्म खेल्न दिइनन् । त्यसपछि देखि अहिलेसम्म अक्षय र प्रियंकाको कुनै फिल्म देखिएको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप