बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिनेको संख्या भने ७७ प्रतिशतले घट्यो

बुधबार, २९ पुस २०७७, १६ : ३४
बुधबार, २९ पुस २०७७

देशमा चालु आर्थिक वर्षको पाँच महिनामा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बै‌ककाअनुसार  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । 
यता  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या पनि निकै घटेको छ ।  पुन श्रम स्वीकृति लिनेको नेपालीको संख्या ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप