शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति बढेको बढ्यै, १५ खर्ब नजिक

बुधबार, २९ पुस २०७७, १६ : ३६
बुधबार, २९ पुस २०७७

विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक पुगेको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि बढेर मंसिर मसान्त सम्म आइपुग्दा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय  मंसिर मसान्तमा ०.१ प्रतिशतले कमी आई .१ खर्ब ७५ अर्ब ६२ करोड कायम भएको छ ।  मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र ३२.४ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप