शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धर्मेन्द्रलाई घेरा हाल्दा प्रकाण्ड ‘मिस’

बुधबार, २९ पुस २०७७, २२ : ०२
बुधबार, २९ पुस २०७७

काठमाडौं । विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो । बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे । महानगरीय प्रहरी कार्यालयमा नेताको लोकेशन खुल्नासाथ अप्रेशन चलाउनेगरी अर्को टोली ‘स्ट्याण्डबाई’ राखिएको थियो ।

तर, रेकी गर्न गएकै टोलीको पञ्जामा परे धर्मेन्द्र बास्तोला । चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव समुहका नेता कार्यकर्ता । प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे । भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ पछि दोस्रो बरियतामा रहेका प्रकाण्ड अप्रेशनको क्रममा ‘मिस’ भएर फुत्किएको अप्रेशनमा सहभागी एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए । प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन पनि प्रहरीको घेरा तोडेर भागेका छन् । प्रहरीले घेरा हालेर रोकेको दुईवटा मोटरसाईकलमा सवार मध्येका विद्यार्थी नेता अनिल शाही पनि भागेका छन् ।

तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई पक्रेर प्रहरीले काठमाडौं ल्याएको छ । पुरानो मुद्दाको रेकर्ड भएको प्रहरी कार्यालयमा राखेर धर्मेन्द्रमाथि थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीलाई बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप